back
NMB Ad

‘प्राकृतिक चिकित्सालयलाई १० करोड दिने अर्थ मन्त्रीको घोषणा ’

नवलपरासी । अर्थमन्त्री बिष्णुप्रसाद पौडेल प्राकृतिक चिकित्सालयको विकासका लागि सरकारले रु १० करोड सहयोग गर्ने बताएका छन् ।

नवलपरासीको रजहरमा रहेको राष्ट्रिय प्राकृतिक चिकित्सालयको पूर्वाधार विकास लागि यस बर्ष नै उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । चिकित्सालयको दोस्रो अधिबेशनको उद्घाटन तथा नयाँ भवनको शिलन्यास कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा बताएका हुन् ।

मैले शिलन्यास गरेको भवनलाई रु पाँच करोड र निमार्णाधिन अबस्थामा रहेको भवनलाई रु पाँच करोडको ब्यवस्था गर्ने गरी मन्त्रलायको कर्मचारीसंग सल्लाह गरेको छु उनले भने ‘संरचना बनाउदा मास्टर प्लानलाई नबिर्गानु होला ।’ सरकारले तपाईहरुको अभियानलाई सहयोग पुर्याउन हात मिलाउने हो खुट्टा आफैले टेक्नु पर्छ ।’ सरकारले नियमित बजेटको प्रबन्ध गर्छ । अन्य दानवीर र मनवीरहरुको यहाँ खाँचो छ त्यसमा ब्यवस्थापन पक्ष लाग्नुहोस् सफलता अबश्य मिल्छ उनले भने ।

अन्य बिधामा उपचार गरी धन नोक्सान गरेका बिरामीहरुको अन्तिम उपचारको विकल्पको रुपमा प्राकृतिक चिकित्सालय आउने गरेको मैले पाएँ अर्थमन्त्री पौडेलले भने ‘यहाँ उपचार गराएका बिरामीलाई भेट्दा उनीहरु यो बिधिको उपचारबाट खुसी भएको पाएँ ।’ देशको आकर्षण रुपमा यो संस्था अघि बढ्न सकोस् हामी यसमा हात मिलाउदै अगाडि बढ्छौ अर्थमन्त्रीले भने ‘यो सरकार सम्बृद्धिका लागि अगाडि बढेकाले अब विकासको गतिलाई सबैले पछ्याउनु पर्छ ।’ राष्ट्रियता र जनताको हीतमा केन्द्रीत सरकार हो यसले लोकतन्त्रलाई बलियो बनाउने काम गर्छ । सरकारले राष्ट्र जनता र लोकतन्त्रको खिलाफमा कुनै सम्झौता गर्दैन उने भने ।

सरकारले दमक देखि कञ्चनपुरसम्म औद्योगिक क्षेत्र निर्माणमा लागेकाले नवलपुर क्षेत्रका बासिन्दा पनि त्यो अभियानमा सहभागी हुन चाहे अर्थमन्त्रालय काम गर्न तयार भएको उनले बताए ।

सोही कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दी, मधेश आन्दोलन र भूकम्पका कारण पनि सरकारले जनजीवनलाई सामान्य बनाउदै लगेको दावी गरे ।

कार्यक्रममा राप्रपाका महामन्त्री एवं सांसद बिक्रम पाण्डेले प्राकृतिक चिकित्सालयलाई सार्ककै नमुना प्राकृतिक चिकित्सालय बनाउनु पर्ने बताए ।

पुर्व सभासद एवं अर्बपति विनोद चौधरीले प्राकृतिक चिकित्सालय भित्रको वातारणले बिरामीले ५० प्रतिशत रोगहरु सञ्चो भएको महशुस गर्ने गरेको बताए । ब्यवस्थापकीय क्षेत्रमा राम्रो भएकाले यसको उन्नति भएको छ यहाँ छिमेकी राष्ट्रबाटसमेत यो बिधामा उपचार गर्न आउनेहरुलाई आकर्षण गर्नुपर्छ चौधरीले भने ।

कार्यक्रममा नेपालका अन्तिरम सरकारका पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्वगृहमन्त्री माधव घिमिरे, पूर्व सांसद महेन्द्रध्वज जिसी लगाएको सहभागी रहेको थियो ।

२० चैत २०७२

वि.सं.२०७२ चैत २० शनिवार १९:५८ मा प्रकाशित

You can share this post!

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ चैत १४ बिहीवार १०:१३

वीरगञ्ज (पर्सा) : पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड...

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड   

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड   

वि.सं.२०८१ चैत १४ बिहीवार १०:०७

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:४१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:३३

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...