back

अब महिना दिनमै चढ्न पाइनेछ काठमाण्डौंमै केबलकार !

Kumari bank ad

काठमाण्डौं । पर्यटकीय क्षेत्र चन्द्रागिरी डाँडामा काठमाडौँ फनपार्क अन्तर्गतको काठमाडौँ–चन्द्रागिरी केबलकार प्रालिले निर्माण गरिरहेको केवलकारको ९५ प्रतिशत काम पूरा भएको र चाँडै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।

अत्याधुनिक प्रविधियुक्त उक्त केबलकार अस्ट्रियाको ख्यातिप्राप्त केबलकार निर्माता कम्पनी ‘डोपलमेयर’ले निर्माण गरिरहेको छ।

केबलकारको मुख्य स्टेसन निर्माणको काम सकिएको र अहिले रोपवेमा केवल तान्ने काम भइरहेको केबलकारका स्टेसन इन्चार्ज इन्जिनियर हरिदेव तामाङले जानकारी दिए।

“केबलकारको ९५ प्रतिशत निर्माण सकिएको छ। अहिले केवल तान्ने काम भइराछ, यो एक हप्ताभित्र सकिन्छ। अन्य निर्माणका काम पनि करिब सकिसकेका अवस्था छ, केबलकार चाँडै नै सञ्चालन गर्ने तयारीमा छौँ”– उनले भने।

कुल ३६ हेक्टर क्षेत्रफलमा निर्माण भएको केबलकारको लम्बाइ २.४ किमी रहेको छ । ३६ वटा डिब्बा रहने उक्त केबलकारको प्रत्येक डिब्बामा आठ जना यात्रु अट्नेछन्।

चन्द्रागिरी डाँडाको उचाइ समुद्री सतहदेखि २५ सय मिटर रहेको छ । केबलकारको जम्मा ११ वटा टावर (रिले स्टेसन) रहेका छन्। अस्ट्रियाबाट आएका प्राविधिकले अहिले टावर माथि रोप राख्ने काम गरिरहेका छन्।

कुल साढे तीन अर्ब लगानी रहेको केबलकार २० महिनाअघि निर्माण सुरु गरिएको थियो। चन्द्रागिरि डाँडामा केबलकारको मुख्य स्टेसन टर्मिनल भवन, भालेश्वर महादेवको मन्दिर, भ्यूटावर, थिएटर र सम्मेलन हल निर्माण भइरहेको छ।

भालेश्वर महादेवको ऐतिहासिक महत्वलाई कायम राख्न भालेश्वरको शीलालाई सुरक्षित राखेर नयाँ शैलीको मन्दिर बनाइएको छ।

पदयात्रा पर्यटनको महत्वपूर्ण स्थल चन्द्रागिरीबाट अन्नपूर्ण रेञ्जदेखि सगरमाथासम्म १८० डिग्रीको कोणबाट सहज रुपमा दृश्यावलोकन गर्न सकिने प्राविधिकको भनाइ छ। भ्यूटावरमा टेलिस्कोप राखिनेछ।

केबलकारको सुरक्षालाई मध्यनजर गरी हालसम्मकै उच्च प्रविधि अपनाइएको उक्त केबलकारको ११ वटै टावरमा के समस्या आएको छ, कम्प्युटर प्रविधिबाट सहजै निगरानी गर्न सकिने इन्जिनियर तामाङले बताए।

चन्द्रागिरि परिसरमै पाँच तारे होटलस्तरको रिसोर्ट निर्माण भइरहेको छ, यसको निर्माण केही समय लाग्ने बताइएको छ।

चन्द्रागिरी नपाका निमित्त कार्यकारी प्रमुख गोविन्दप्रसाद पाण्डेले चन्द्रागिरिको धार्मिक, सांस्कृतिक सम्पदाका संरक्षणसँगै पर्यटन प्रवद्र्धन गरी आर्थिक रुपमा नगरलाई सवल बनाउन लागि परेको बताए।।

केबलकारबाट नगरवासीलाई के लाभ दिने तथा वातावरण संरक्षण गरी पर्यटक बढाउन कस्तो अभियान चलाउने भन्नेबारे सरोकारवाला पक्षसँग छलफल गरी कार्यक्रम अघि बढाइने उनले उल्लेख गरे।

आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको चन्द्रागिरी धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले मात्र नभई पदयात्रा र इको पर्यटनका लागि पनि उपयुक्त मानिन्छ।

करिब डेढ घन्टाको पैदल यात्रापछि जङ्गलमा आकर्षक चराचुरुङ्गी र जङ्गली जनावरको दृश्यावलोकन गर्दै चन्द्रागिरि डाँडामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक बाटो पनि छ।

नेपाली काँग्रेसका तर्फबाट नगरपालिकाको दलीय संयन्त्रका प्रतिनिधि घनश्याम गिरीले चन्द्रागिरीको ऐतिहासिक, धार्मिक सांस्कृतिक महत्वलाई प्रवद्र्धन गरी बढी पर्यटक भित्र्याउन केबलकारले सहयोग पुग्ने बताए।

चन्द्रागिरि–२ मा रहेको दहचोकमा तत्कालीन पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्ने क्रममा गढी बनाएकाले पनि यो स्थान ऐतिहासिक र प्रसिद्ध छ । त्यहाँ पाँच वटा गढी अहिले पनि भग्नावशेष अवस्थामा छन्।

दहचोक कालु पाण्डेको समाधिस्थल पनि हो । दहचोकलाई पृथ्वीनारायण शाहले राजधानी बनाउने मनसाय व्यक्त गरे पनि त्यो हुन सकेको थिएन । यसले पनि चन्द्रागिरिको महत्वलाई बढाएको छ।

चन्द्रागिरी नपामा प्रसिद्ध मातातीर्थ, विष्णु देवी, दुन देवी आदिको मन्दिर छन् जुन धार्मिक पर्यटकका लागि महत्वपूर्ण मानिन्छन्।

दलीय संयन्त्र ९नेकपा–एमाले० का प्रतिनिधि अनन्तराज सिग्देलले नगरको धार्मिक, सांस्कृतिक महत्व र पर्यटन प्रवद्र्धनका लागि लागिपरेको बताए।

राजधानी काठमाडौँको निस्सासिँदो वातावरण र कामको थकानबाट शरीरलाई आनन्दको अनुभूति दिलाउन तथा उपत्यका र आसपासका रणमीण दृष्य तथा हिमालको अवलोकन गर्ने उपयुक्त गन्तब्यका रुपमा चन्द्रागिरीलाई लिइन्छ। चुरे पहाडको सदाबार हरियो घनघोर जङ्गलले चन्द्रागिरीको सौन्दर्यलाई उत्तिकै आकर्षण थपेको छ, यसैको आकर्षणले उल्लेख्य सङ्ख्यामा पर्यटक चन्द्रागिरि पुग्ने गर्छन् । चन्द्रागिरिकोे पर्यटकीय महत्वलाई ध्यानमा राखी उचित व्यवस्थापन गर्नसकेको खण्डमा राज्यले आर्थिक लाभ लिन सक्ने निश्चित छ।

२१ चैत, २०७२, ८.००

वि.सं.२०७२ चैत २१ आइतवार १०:४० मा प्रकाशित

You can share this post!

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु   

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:३६

खोटाङ, १५ मङ्सिर : दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत...

ठगी गरेको आरोपमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ   

ठगी गरेको आरोपमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:३१

पर्वत, १५ मङ्सिर : सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा...