back

खुल्यो पौने १० लाख कित्ता सेयर, चैत २४ सम्म भर्न मिल्ने

Kumari bank ad

काठमाण्डौं । ङादी ग्रुप पावर लिमिटेडले आइतबारबाट सर्वसाधारणका लागि सेयर निष्काशन गरेको छ। कम्पनीले नौ लाख ७३ हजार सातसय ३७ कित्ता सेयर निष्काशन गरेको हो। कम्पनीको सेयर निष्काशन बन्द चैत २४ गते हुनेछ।

खुलाइएको सेयर मध्ये १९ हजार चारसय ७४ कित्ता सेयर कर्मचारीका लागि, ४८ हजार ६ सय ८६ कित्ता तथा सर्वसाधारणका लागि नौ लाख पाँचहजार पाँचसय ७७ कित्ता सेयर छुट्याइएको छ।

कम्पनीको सेयरमा आवेदन दिन नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयमा सम्पर्क राख्नुपर्नेछ। यस्तै ङादी ग्रुपको कार्यालय अनामनगर, भिवोर क्यापिटल, ग्रोमर क्यापिटल, गुहेश्वरी मर्चेन्ट फाइनान्सका शाखामा सम्पर्क राख्नुपर्नेछ।

यस्तै एपेक्स डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स, काठमाडौं फाइनान्स, साझा विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकका शाखामा सम्पर्क राख्न सकिन्छ। यो सेयर बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ।

२१ चैत, २०७२, १०.००

वि.सं.२०७२ चैत २१ आइतवार १०:५९ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...