back
NMB ad

कुकुरले हवाइजहाज उडायो

Kumari bank ad

मानिसको सबैभन्दा विश्वासिलो तथा इमान्दार जनावर साथी मानिन्छ कुकुर । विभिन्न अध्ययन अनुसार मानिसको घरभित्र सबैभन्दा पहिले स्थान सुरक्षित गर्ने जनावर कुकुर नै हो ।

मानिसले आफ्नो तथा घरको सुरक्षा तथा साथका लागि कुकुरको सहारा परम्परा देखि नै लिन थालेको हो ।

कुकुरको प्रयोग पछिल्लो समयमा बहुआयामिक बनिरहेको छ र अनुसन्धान तथा अपराध नियन्त्रणमा समेत कुकुरका फौज नै परिचालन गर्ने गरिएको छ । तर यो भन्दा अझै एक कदम अघि बढ्दै बेलायतमा एउटा कुकुरले सम्पूर्ण मानव जातिलाई नै आश्चर्यमा पारिदिने काम गरेको छ ।

अढाइ वर्षको शेडो नामको उक्त कुकुर विश्वमा हवाइ जहाज उडाउने पहिलो कुकुर बनेर किर्तिमान कायम गरेको छ । यो कुकुरले ३ हजार फिट माथि आकाशमा जेट बिमान उडाएको छ ।

यो कुकुरले स्वात्तै एकौचोटी जहाज उडाएको होइन । यसले बकाइदा पाइलट तालिम प्राप्त गरेको छ । बेलायतमा स्काइ वान सिरिजको डग्स माइट फ्लाइट नामक कुकुर पाइलट तालिम पाउने कुकुर मध्ये यो एउटा हो ।

कुकुरले उडाउने यो विमानमा कुकुर पाइलटले नियन्त्रण स्थापित गर्न सकोस् भनेर यसको नियन्त्रण प्रणाली मोडिफाइड गरिएको थियो । विमानबाट निस्कने अलग अलग आवाजमा प्रतिक्रिया दिनका लागि कुकुरले बटन दबाउन सक्थ्यो र सोही अनुरुप विमान नियन्त्रण भएर उचाइमा उड्दथ्यो ।

पशु विज्ञका अनुसार कुकुरमा पनि असाधारण क्षमता हुन्छ र मानिसले जस्तै जटिल काम गर्नसक्छ भन्ने देखाउने शेडोलाई जहाज उडाउन दिइएको हो ।

वि.सं.२०७२ चैत २१ आइतवार १२:२५ मा प्रकाशित

You can share this post!

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख २ आइतवार १७:४०

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको...

महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

वि.सं.२०८१ वैशाख २ आइतवार १७:३४

काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर...

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा   

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा   

वि.सं.२०८१ वैशाख २ आइतवार १७:२९

काठमाडौँ, २ वैशाखः अर्थ मन्त्रालयले खर्च हुन नसकेको आयोजनाबाट रकमान्तर...

ग्लोबल आइएमई बैंकको “पैसा आउने, थपेर पाउने” योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

ग्लोबल आइएमई बैंकको “पैसा आउने, थपेर पाउने” योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

वि.सं.२०८१ वैशाख २ आइतवार १७:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स...

कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आईफोन १५ जित्ने मौका

कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आईफोन १५ जित्ने मौका

वि.सं.२०८१ वैशाख २ आइतवार १७:१८

काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको...

इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह   

इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह   

वि.सं.२०८१ वैशाख २ आइतवार १७:१२

काठमाडौँ, २ वैशाखः इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले...