
काठमाण्डौं । ‘स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्पव्यवसाय’ भन्ने नाराका साथ गत बिहिबारबाट यहाँस्थित भृकुटीमण्डपमा जारी १९ औं फ्लोरा एक्स्पो ६५ लाखको कारोबार गर्दै आज आइतबार सकिएको छ ।
चार दिनसम्म चलेको मेलामा ६० हजार भन्दा बढीले अबलोकन गरेको र गत वर्षभन्दा अवलोकनकर्ता र व्यवसाय दुबै बढेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।
मेलाको पहिलो दिन सात लाख, दोस्रो दिन १५ लाख, तेस्रो दिन २५ लाख र चौथो तथा अन्तिम दिन १८ लाखको कारोबार भएको कोषाध्यक्ष खड्काले बताए । मेलामा यसपटक कोरिया, भारत लगायत देशका ६ वटा स्टल पनि राखिएको थियो । मेलामा जम्मा ६४ वटा स्टल रहेका थिए।
२१ चैत २०७२, ५.००
वि.सं.२०७२ चैत २१ आइतवार १७:०५ मा प्रकाशित