काठमाण्डौं । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले सातौं वर्षमा प्रवेश गरेको वर्षगाँठका अवसरमा नुवाकोटको ओखरपौवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरेको बताएको छ ।
नुवाकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, गाविसका सचिव, बैंकका व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको सो निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय बालबालिका, वृद्धवृद्धा लगायत करिब २ सय जनाले चिकित्सकहरुबाट स्वास्थ्य जाँच गरेका थिए ।
२२ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत २२ सोमवार १०:३९ मा प्रकाशित