back

मेसिन बिग्रिएपछि बन्द भयो उद्योग, दैनिक १ करोड घाटा

उदयपुर । सिमेन्ट उत्पादन गर्ने मेसिन बिग्रेपछि जिल्लाको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग विगत १५ दिनदेखि बन्द छ।

मेसिनका उपकरण जापानबाट आपूर्ति हुन कठिनाइ हुँदा सिमेन्ट उत्पादन कार्य पूर्ण रुपमा बन्द हुन पुगेको सो उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताए। उद्योगको धेरै सामान जापानको कावासाकी कम्पनीले उपलब्ध गराउँदै आएको छ भने साना सामान उपलब्ध गराउन तयार नहुँदा उद्योगलाई कठिनाइ हुने गरेको छ।

‘भारतीय कम्पनीबाट ल्याइने सामानको ग्यारेन्टी नहुँदा जापानबाट मगाउनुपर्ने बाध्यता छ’ पौडेलले भने । उद्योगको उपकरण फेर्न करिब चार करोड लागत लाग्ने बताइएको छ। उद्योग बन्द हुँदा अहिले दैनिक रु एक करोड घाटा हुने गरेको छ।

दैनिक ८०० टन सिमेन्ट उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योग यसअघि पनि पटक–पटक बन्द हुने गरेको थियो ।

२२ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २२ सोमवार १०:३४ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...