back

पर्यटकका हत्यारा २१ वर्षपछि पक्राउ !

Kumari bank ad

काठमाण्डौं । २१ वर्षअघि इटालियन नागरिकको हत्या गरी फरार भएका टासी गुरुङलाई प्रहरीले पक्रेको छ। २०५२ असोज २७ गते काठमाडौं ठमेलको रेगी पबमा इटालियन नागरिक क्यारारो डेभिडको कुटपिट तथा छुरी प्रहारबाट हत्या गरेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले केही दिनअघि पक्राउ गरेको हो।

मनाङ जिल्ला मनाङ गाविस नावल गाउँ घर भएका टासी र उनका साथीहरुले इटालियन नागरिक डेभिड क्यारारो र उनका दुई महिला साथीहरु एन्टेनोला केसराइनी एवं लारा स्किबिना ठमेलको रेगी पवमा बसिरहेका बेला ती महिलाहरुमाथि आपत्तिजनक ब्यबहार गरेका थिए । त्यही विवादमा टासी र उनका साथीहरुले कुटपीट र छुरी प्रहार गरेर क्यारारोलाई सख्त घाइते बनाएपछि उनलाई वीर अस्पतालमा उपचारका लागि पु¥याउँदा डाक्टरहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए।

घटनाको करिव डेढ बर्षसम्म नेपाल र भारतमा लुगेकर बसेका टासी पछि निजको बाबु कालु मनाङ्गे भन्ने तेन्जिङ गुरुङले अमेरिका जानलाई गोरखाका सण्डुप घलेको नामको भिसा लागेको २९६१५५० नम्बरको पासपोर्ट चार लाख पचास हजारमा खरिद गरी फोटो परिवर्तन गरी टासीलाई अमेरिका पठाएका थिए। टासीले अमेरिकामा पासपोर्ट हराएको भनेर नयाँ पासपोर्ट लिएका थिए।

उनी काठमाण्डौं आएका बेला होल कन्ट्रीयार्डबाट पक्राउ परेका हुन् ।

२२ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २२ सोमवार १०:५२ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...