back
Kumari Bank

आँखा नदेख्ने माछाले झरना उक्लिएपछि …

Nepal Bank

हालै थाइल्यान्डमा आँखा नदेख्ने प्रजातिको यस्तो माछा भेटिएको छ, जो मेरुदण्ड भएका चारखुट्टे स्तनधारी जन्तुजस्तै हिँडेरै झरनामा उक्लन सक्छ। अमेरिकाको न्युजर्सी इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकले ‘नेचर साइन्स रिपोर्ट’ नामको जर्नल उक्त माछाका बारेमा उल्लेख गरिएकोछ ।

करिब २० दिन अघि पत्ता लागेको यो माछा हातखुट्टा भएको जन्तुजस्तै हिँड्नसक्ने बताइएकोछ । पूर्ण अन्धकारमा उक्त प्रजातिका माछा ढुंगामा टाँसिन्छन् र हिँडेरै झरनामाथि उक्लिने बताइएकोछ । अन्य स्तनधारी जनावरको जस्तै यो माछाको मेरुदण्ड र कम्मरको हड्डी छ, जुन आपसमा जोडिएका छन्। यसले माछालाई गुरुत्वाकर्षणविरुद्ध आड दिन्छ र हिँड्न मांसपेसी प्रदान गर्छ ।

या माछा ब्लाइन्ड केभ प्रजातिको हो । थाइल्यान्डको झरनामा फेला परेको यो माछाको गतिविधिले जीवन समुद्रबाट जमिनतर्फ विकसित रूपमा फैलियो भन्ने थप आधार प्रदान गर्ने वैज्ञानिकहरु बताउँछन् ।

उक्त खोजमा संग्लग्न डा. सुवर्णरक्षाले थाई म्युजियममा उक्त माछाको संकलन फेला पारेका थिए। उनले त्यसको ‘हाइ–रेजुलुसन सिटीस्क्यानर’बाट तस्बिर लिएर अनुसन्धानमा संग्लग्न वैज्ञानिक ब्रुक फ्लाम्याङलाई पठाए। फ्लाम्याङले उक्त तस्बिरबाट माछाको ‘थ्री–डाइमेन्सन’ तस्बिर बनाइन्। यसरी हेर्दा माछाको आकार र त्यसको हड्डीको बनोट जमिनमा हिँड्ने स्तनधारी जन्तुको जस्तै देखेपछि उनी चकित खाइन्।

पानीबाट विकसित भएर हातगोडासहित जमिनमा हिँडडुल गर्न सक्ने सुरुआती जन्तु ‘टेट्रापोड’ भएको मानिन्छ। वैज्ञानिकहरूले ४० करोड वर्षअघि जमिनमा जन्तुहरू हिँडेको पदचिह्न फेला पारेका छन्। पोल्यान्डमा फेला परेको उक्त पदह्नि ‘टेट्रापोड’ले हिँडेरै बनाएको अनुमान छ। तर, अहिलेसम्म फेला परेको ‘टेट्रापोड’को सबैभन्दा पुरानो अवशेष ३७ करोड ५० लाख वर्ष मात्र थियो। यो पछिल्लो खोजले भने जमिनमा देखिएका ती ४० करोड वर्ष पुराना पदचिह्न टेट्रापोडको नभई माछाको हुनसक्ने सम्भावना बढेको छ।

२२ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २२ सोमवार ११:०९ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट

प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट

वि.सं.२०८२ असार ८ आइतवार १७:१९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

वि.सं.२०८२ असार ८ आइतवार १६:५८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप...

तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो   

तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो   

वि.सं.२०८२ असार ८ आइतवार १६:४७

मन्थली (रामेछाप) : जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की...

बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक, लो भोल्टेज एलएफपी ब्याट्रीसहित यस्ता छन् विशेषता

बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक, लो भोल्टेज एलएफपी ब्याट्रीसहित यस्ता छन् विशेषता

वि.सं.२०८२ असार ८ आइतवार १६:३७

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

वि.सं.२०८२ असार ८ आइतवार १५:१८

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार ८ आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...