काठमाण्डौं । भारतको कोलकातास्थित इडन गार्डनमा भएको रोमाञ्चक खेलमा इंगल्यान्डलाई ४ विकेटले हराउँदै वेस्ट इन्डिजले टी २० विश्वकपको उपाधि जितेको छ।
टस जितेर फिल्डिङ रोजेको वेस्ट इन्डिजले इंग्ल्यान्डलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५५ रनमा रोकेको थियो।
समूह चरणमा यी दुवै टोली ग्रुप ए मा थिए। पहिलो खेलमा वेष्टइन्डिजले इंग्लिस टोलीलाई हराएको थियो। समूह चरणमा दुवैले एक–एक खेल हारेका थिए।
२२ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत २२ सोमवार ११:१६ मा प्रकाशित