काठमाण्डौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा पद रिक्त भएको तीन महिनापछि प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा किरणकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
हिजो बसेको वाणिज्य बैंक सञ्चालक समितिको बैठकले तीनजना प्रतिस्पर्धी कृष्णप्रसाद आचार्य, अनिल उपाध्याय र किरणकुमार श्रेष्ठको नाम सिफारिस गरेको थियो। तीनजना मध्येबाट श्रेष्ठ सिइओ नियुक्त भएका हुन्।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले चार वर्षे कार्यकाल पुरा गरेपछि बैंकमा सिइओ खाली भएको थियो। रिक्त भएको तीन महिनाभन्दा बढि समय बैंकमा सिइओ छनौट हुन सकेको थिएन ।
२२ चैत २०७२, ११.००
वि.सं.२०७२ चैत २२ सोमवार १२:०५ मा प्रकाशित