back
mega bank Ad
Hero Ad

औद्योगिक क्षेत्र उद्योग सङ्घमा आयो नयाँ नेतृत्व

पोखरा । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको १४ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवशेनले विनोद शर्मा न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

सङ्घको १३ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा बलभद्र नकर्मी, द्वितीय उपाध्यक्षमा सुरेशबहादुर श्रेष्ठ र महासचिवमा रुद्रलाल श्रेष्ठ चयन भएका छन्।

सङ्घको सचिवमा दीपेन्द्र बस्ताकोटी र कोषाध्यक्षमा झलकनाथ आचार्य र सदस्यमा विश्वबन्धु थापा, श्रीराम पाण्डे, शक्ति पाण्डे, सुरेन्द्रबहादुर गोदार, फणीन्द्रराज शर्मा, सुरेश ध्वजु र देवीप्रसाद अर्याल रहेका छन्।

साधारणसभामा व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले उद्योगमा विद्युत् भार कटौतीका कारण ठूलो नोक्सान भएको भन्दै यो समस्यालाई दीर्घकालीन रुपमा समाधान गरिनुपर्ने बताए। नेपाल विकासको गतिमा अगाडि बढेको बताउँदै उनले अबको राजनीति आर्थिक समृद्धिको लागि हुनुपर्नेमा जोड दिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले नाकाबन्दीमा पनि आफ्नो उद्योग सञ्चालन गरेर उद्योगी व्यवसायीले राज्यलाई ठूलो गुन लगाएको बताए।

नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन समितिका महाप्रबन्धक नन्दकिशोर बस्नेत, नेपाल उद्योग महासङ्घका अध्यक्ष तिलप्रसाद भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापा, बालाजु उद्योग सङ्घका अध्यक्ष देवलाल तामाङ, लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी लगायतले देशको आर्थिक समृद्धि र विकासका लागि उद्योगको विकास अपरिहार्य भएकोमा जोड दिए।

२२ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत २२ सोमवार १२:१२ मा प्रकाशित

You can share this post!

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०६:३५

आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ असोज २७ बिहीवार ०६:२९

आजको पात्रो :२७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको...

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

वि.सं.२०७९ असोज २६ बुधवार ०६:३२

आजको पात्रो : २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२...

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ असोज १७ सोमवार ०६:५०

आजको पात्रो : आज १७ असोज २०७९, सोमबार । अक्टुबर...

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

वि.सं.२०७९ असोज १४ शुक्रवार ०६:२५

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।...

आज १४ असोज २०७९, शुक्रबार : हेर्नुहोस कस्तो छ तपाईंको राशिफल आज ?

आज १४ असोज २०७९, शुक्रबार : हेर्नुहोस कस्तो छ तपाईंको राशिफल आज ?

वि.सं.२०७९ असोज १४ शुक्रवार ०६:१६

आजको पात्रो : १४ असोज २०७९, शुक्रबार । तद्नुसार सेप्टेम्बर...