
टेक्सास । स्कुलमा खाजा खान दिएको रकम जम्मा गरेर भूकम्पपीडितलाई पठाएकी कृतिमा लामिछानेले अहिले नेपालका लागि एक रात (वान नाइट फर नेपाल) कार्यक्रमको आयोजनामा लागि परेकी छिन् ।
कक्षा १० मा ड्यालसमा अध्ययन गर्ने उनी आफ्नो मातृभूमि नेपालमा रहेका बलाबालिकाले अध्ययन गर्न नपाएको खबरले आफू मर्माहत भएको र केही रकम सहयोग गर्न पाए भन्ने सोच अनुरुप यस्तो काम गर्न लागेको बताएकी छिन् ।
स्कूल भवन निर्माणका लागि भनेर आफ्ना सहपाठी साथीहरुसँग केही रकम संकलन गरिसकेकी उनले यही योजना अन्तरगत आउँदो मे ७ मा ‘नेपालका लागि एक रात’ नामको कार्यक्रम गर्ने तयारीमा उनी जुटेकी छिन् । उनले कार्यक्रम मार्फत् रु १०/१५ लाख रुपैयाँ उठाउने योजना राखेकी छिन् ।
गत बैशाखमा पनि आफ्नो मातृभूमिमा गएको भुकम्पपछि खाजा कटाएर खुत्रुकेमा बचाएको रकम आफ्ना आमा बाबु मार्फत भूकम्प पिडितको सहयोगका लागि पठाएकी थिइन् ।
सानै देखि सामाजिक काम गर्न उत्साहित कृतिमाको आमा बुवा नै समाज सेवामा दत्तचित्त छन् । कृतिमाका पिता कृष्ण लामिछाने नेपाली समाज टेक्सासका अध्यक्ष हुन् भने आमा माला महत (लामिछाने) टेक्सास क्षेत्रमै सकृय नेपाली महिलामा आउने नाम हो ।
२२ चैत २०७२, ११.००
वि.सं.२०७२ चैत २२ सोमवार १२:३६ मा प्रकाशित