काठमाण्डौं । महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी नायब सुब्बा र खरिदारका पदमा ४० जना कर्मचारी माग गरेको छ ।
महानगरपालिकाले प्रशासनमा नायब सुब्बा वा सो सरहका पाँचौं स्तरका सात जना, लेखापाल सहायक स्तरका पाचौं तह सरहका प्रशासनमा तीनजना, खरिदार वा सो सरहका सहायक स्तरका चौथो तह प्रशासनमा २५ जना र सहलेखापाल चौथो तह प्रशासनमा पाँचजना कर्मचारी माग गरेको छ।
यी पदहरुमा आवेदन दिनका लागि १८ बर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्षसम्मकाले आवेदन दिनसक्नेछन्। २०७३ साल वैशाख २१ गतेसम्म फर्म भर्ने म्याद तोकेको छ।
२२ चैत २०७२, १२.००
वि.सं.२०७२ चैत २२ सोमवार १३:०८ मा प्रकाशित