काठमाण्डौं । मंगलबार नेप्से परिसुचक १२ दशमलव ७३ अंकले बढेकोछ भने बैंकिङ समूहको बजार बढ्दा यो करिब ५५ करोड रुपैयाँको कारोबार भएकोछ । आज नेप्से परिसुुचक १ हजार ३ सय ७५ अंकमा पुगेर अडिएको थियो ।
बजारमा बैंकिङ समुह बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको हो । बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुुचक १५ दशमलव २ अंकले उकालो लागेको छ । आज ग्लोबल आइएमई बैंकको मात्रै दुई करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
दिनभर कुल १ सय २४ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ५४ करोड ७१ लाख रुपैयाँ बरावरको ९ लाख ८६ हजार कित्ता सेयर खरिदविक्री भएको छ । दिनभर कुनै पनि कम्पनीको ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोवार भएको छैन ।
२३ चैत २०७२, ३.३०
वि.सं.२०७२ चैत २३ मंगलवार १६:०७ मा प्रकाशित