back
NMB Ad
Ncell Banner Ad

दश वर्षदेखि अलपत्र योजना सेनाको अण्डरमा ल्याइँदै

काठमाण्डौं । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माणमा सेना परिचालन गर्ने भएकोछ भने विगत १० वर्षदेखि सम्पन्न हुन नसकेको उक्त आयोजना ६ महिनाभित्र सकिने अनुमान गरिएकोछ ।

सरकारले सुरक्षाकर्मी नै परिचालन गरेर भए पनि आयोजना अगाडि बढाउने भएपछि स्थानीयवासीले जबरर्जस्ती गर्न लागिएको भन्दै आयोगमा गत माघ १० गते उजुरी दिएका थिए । आयोगले यही चैत १८ गते नै उक्त आयोजनाका सम्बन्धमा मानवअधिकार उल्लङ्घन सम्बन्धी कुनै पनि काम नभएको भन्दै अगाडि बढाउन मार्ग प्रशस्त गरेको थियो ।

स्थानीयले मुआब्जा र उचित क्षतिपूर्तिको माग राख्दै अवरोध गरेपछि त्यसलाई निराकरण गर्नेतर्फ प्राधिकरणले प्रभावकारी पहल गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

सन् २००२ मा ठेक्का प्रक्रियाबाट सुरु गरिएको सो आयोजना सन् २००६ बाट निर्माण आरम्भ गरिएको थियो । सन् २००९ मा निर्माण सम्पन्न हुनुपर्ने आयोजना हालसम्म सम्पन्न हुन सकेको छैन ।

प्रसारण लाइन सम्पन्न भएमा सिन्धुपाल्चोक, दोलखा र रामेछापलगायत क्षेत्रमा निर्माणाधिन जलविद्युत् आयोजनाको एक हजार मेगावाट विद्युत् सजिलै प्रवाह गर्न सकिने छ ।

२३ चैत २०७२, ३.३०

वि.सं.२०७२ चैत २३ मंगलवार १६:२३ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३९

काठमाडौँ, २८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३६

सिबी अधिकारी काठमाडौँ, २८ असोजः मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित...

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना   

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:२१

काठमाडौँ, २८ असोजः पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली...

आज २८ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २८ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असोज २८ सोमवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

वि.सं.२०८१ असोज २७ आइतवार २१:१२

पूर्णप्रसाद मिश्र काठमाडौँ, २७ असोज : धेरै नेपालीले धूमधामसाथ दसैँ...

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...