back

ज्योतिषको नेपाल भविष्यवाणी : नजिकको छिमेकीबाट हानी, परकोबाट लाभ

दोस्रो संविधानसभा निर्वाचनभन्दा पूर्वको राजनीतिक क्षेत्रबाट निकास ननिस्कने ज्योतिषीय विश्लेषण नेपाल समाचार पत्र (२०६८ असार ९)मा र त्यस्तै भावको अर्को विश्लेषण अन्नपूर्ण पोष्ट (२०६९ पुस २८) मा दिएको थिएँ । परिणाम त्यतिबेलाको राजनीतिक संयन्त्रबाट निकास ननिस्किएर प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार गठन भयो ।

सम्माननीय प्रधानन्यायाधीश खिलराज रेग्मीज्यूको अध्यक्षतामा बनेको सरकारले पनि चुनाव गराउन सक्ने वा नसक्ने शंकाका कुराहरू उठ्थे । खिलराजजीको सरकारले दोस्रो संविधानसभाको निर्वाचन गराउन सक्ने कुरा अन्नपूर्ण पोष्ट (२०७० असार २५) मा लेखें, सो पनि पूरा भयो ।

दोस्रो संविधानसभाको निर्वाचन पछि केही ज्योतिषीबाट सो संविधानसभाबाट पनि संविधान आउन नसक्ने धारणा आइरहेको बेला मैले धर्मलाई सम्बोधन गरेको खण्डमा दोस्रो संविधानसभाले संविधान दिन सक्छ भनेको थिएँ (कमाण्डर पोष्ट २०७० फागुन ११)। त्यस्तै २०७१ माघ ८ भित्र संविधान आउन नसक्नाको कारणहरूलाई दर्शाएर लेखिएको लेख इन्द्रेणी साप्ताहिकको २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका २०७१मा प्रकाशन भयो ।

संविधान आउँदा इन्द्रेणीको २६ औं वार्षिक स्मारिकामा मैले लक्षित गरेका सबै विषय समेटिएर भने आएको छैन तथापि प्रमुख विषयलाई समेट्न खोजिएको भान हुन्छ । संविधान घोषणाको मुहूर्तको ग्रहपरिस्थितिलाई हेर्दा यो संविधानको भविष्य कस्तो हुने भन्ने विषयमा सन्देह छ ।

Sambidhan 2072 kundali

मेरो दृष्टिकोणमा मैले गरेका ज्योतिषीय विश्लेषण एवम् भविष्यवाणी जो सार्वजनिक रूपमा बाहिर आए, अहिलेसम्म घटेका घटनाक्रमले ती पूरा भएको मेरो बुझाइ रहेको छ । संविधानमा धर्मनिरपेक्ष शब्द नहटाए पनि परिभाषाको अनुसूचि राखेर सनातन धर्मलाई सम्बोधन भएको छ । ज्योतिष विज्ञानले देखाएको संकेत अकाट्य नै हुन्छ भन्ने प्रमाण हो त्यो । भलै ज्योतिषीले त्यसलाई अभिव्यक्त तथा अर्थ गर्ने तरिका फरक–फरक हुनसक्छ र घट्ने घटना परकारान्तरको घट्न सक्छ । त्यस्तै नै भएको देखाउँछ अनुसूचिको परिभाषाले ।

संविधानजारी भएपछि धेरै महानुभावहरूले यो संविधानसँग जोडेर अबको भविष्यको बारेमाजिज्ञाशा राख्नु भएको छ र एउटा ज्योतिषीको नाताले नेपालको संविधान २०७२ को बारेमा आफ्नो बुद्धि विवेकले भ्याएसम्मको विश्लेषण दिनखोजेको छु ।  यहाँनिर एउटा ज्योतिषीको नाताले मैले संविधान जारी हुँदाको समयको कुण्डलीको आधारमा जे देखिन्छ अथवा मेरो बुद्धिविवेकले जे देख्छ त्यो राख्नुपर्छ ।

मेरो ज्योतिषीय दृष्टिकोणमा यो संविधान घोषणाको समयको ग्रहावस्था राम्रो देखिँदैन र त्यसले नेपालीको अपेक्षा पूरा गर्ने कुरामा शंका छ । भलै यस मामलामा मैले एउटा नेपाली नागरिक हुनाको कारणले पनि बनेको संविधानबाट देशको समुन्नति होस् भन्ने चाहनु पर्छ । बरु मेरो ज्योतिषीय विश्लेषण गलत सावित होस् र नेपाल–नेपालीको भविष्य कोर्न बनेको संविधान सफल होस् भन्ने चाहनु पर्छ, त्यसमा नै मलाई सन्तुष्टि हुनेछ । तर, बनेको संविधानको ग्रहस्थिति राम्रो नदेखिएको कुरालाई पनिमैले यहा आफ्नो पेशागतधर्मबाट राख्नु पर्छ भन्ने मेरो बुझाई रहेको छ ।

नेपाली जनताको ठूलो त्याग–तपस्या र संघर्षको बलबाट बनेको संज्ञा प्राप्त नेपालको नया संविधान २०७२ घोषणा हुँदा नेपाली आकाशको क्षितिजमा मीन लग्न उदाइरहेको देखिन्छ । कुण्डलीमा लग्नेश तथा दशमेश बृहस्पतिद्वितीयेश तथा नवमेश मङ्गलसँग शनिको दृष्टिमा षष्ठम् भावमा गएर बस्नुले आत्मरक्षाभन्दा पनि शत्रुपोषक भएको देखिन्छ । यसले यो संविधानलाई आधार मानेर गरिने देशका हर कार्यहरूमाशत्रुको प्रभाव बढाउने छ ।

हुनलाई मङ्गल छैठौं हुनु, त्यस माथि शनिको दृष्टिप्रभाव हुनु शत्रुहन्ता योग पनिहो । तथापि लग्नमा केतुको स्थिति र राहुको दृष्टि तथा शनि आदि पापग्रहको भूमिकालाई हेर्दा दुर्घटनाकारक योगको निर्माण भएको छ जसले राजनैतिक लगायतका आकस्मिक विभिन्न दुर्घटनालाई लक्षित गरिरहेको छ ।

चतुर्थेश एवम् सप्तमेश बुधले षष्ठेश सूर्यसँग बुधादित्य योग बने पनि साथको राहुले ग्रहण योग बनाएको पनि छ । जसले गर्नपर्ने शुभफलमा कटौती गरिदिने छ । वैदेशिक सम्बन्ध, यात्रा, व्यापार आदि क्षेत्रमा ग्रहण लाग्छ ।

पञ्चमेशनवम् हुनु सकारात्मकर कारक हो तर, शनियुक्त हुनाले राज्यमा मनोवैज्ञानिक तथा अदृष्य समस्या बढाउने हुन्छ । भय–त्रास, शंका–आशंका आदिले राज्यका अङ्ग–अङ्गमा प्रभाव पार्ने छ । तृतीयेश तथा अष्टमेश शुक्र पञ्चममा केतुको दृष्टिमा अकारक भएर रहनुलाई पनि शुभ मान्न सकिदैन, यसले रोगव्याधिको संकेत गर्छ ।

बल गरेरै यो कुण्डलीमा सकारात्मक पक्षको खोजी गर्दा – दशमेश तथा लग्नेश र धनेश एवम् भाग्येश छैंठौं भावमा हुनुले नागरिक, वर्ग, पक्ष एवम् राज्यका अधिकारीहरूलाई प्रतिस्पर्धा आदि संघर्षका कामहरूको अभ्यास गर्न सिकाउने ग्रह हो भन्न सकिन्छ । यसले सम्बन्धित क्षेत्रमा क्रियाशीलता बढाउने र आत्मनिर्भरताका उपायहरू अवलम्बन गर्न खोज्ने जस्ता काममा उत्प्रेरित गराउन मद्दत गर्नेछ ।  भलै उन्मादि एवम् अन्धविश्वासीतर्फ उत्प्रेरित हुन राज्यका निकाय एवम् आम सर्वसाधरणलाई बाध्य गराउने सम्भावना भएपनि नवमेश मङ्गल गुरुयुक्त हुनाले र नवौंमा चन्द्रमा रहनाले केही हद्सम्म यसले धार्मिक क्षेत्र एवम् कार्यको विकास गर्न मद्दत गर्ने छ । मनोवैज्ञानिक ढङ्गले सम्पाद नहुने कार्यहरुको विकास हुनेछ ।

ग्रहण योगमा भएपनि बुध ग्रह स्वगृही भई सूर्यसँग द्विस्वभाव राशिमा बुधादित्य योग बनाएर रहेकोले संघर्षले केही राम्रा काम गराउन मद्दत गर्नेछ । नजिकको छिमेकीबाट भन्दा थोरै परको छिमेकीबाट सहयोग एवम् लाभ लिन सकिनेछ । लाभेश र व्ययेशको स्थितिलाई ठिकै मान्न सकिन्छ । यसले जलस्रोतबाट हुने आम्दानी एवम् विकासलाई मद्दत गर्नेछ । ऋण–अनुदान सहयोग आदिको पक्षलाई यसले भूमिका निर्वाह गरेको छ ।

उपर्युक्त ग्रहस्थितिलाई हेर्दा संविधान घोषणा कालको कुण्डलीमा केहीपक्ष सकारात्मक रहेपनि लग्नेश एवम् कर्मेश गुरु र भाग्येश तथा धनेश मङ्गलले शत्रुक्षेत्रसँग आत्मसमर्पण गरेको र लग्नमा केतुको स्थिति रहेकोले अप्ठ्यारो–आत्मघात आदिलाई बढी लक्षित गरेको देखिन्छ । जसको कारणले गर्दा यो संविधानलाई आधार मानेर गरिने कार्यबाट देशको समुन्नति, राष्ट्र–राष्ट्रिय भावना, नागरिक एवम् सामाजिक सद्भावलाई झन्–झन् कमजोर बनाउनसक्ने देखिन्छ ।

यो संविधानले दिगो मान्यता पाउन कठिन देखिन्छ । जन्मदै बालारिष्ट परेको बच्चाको जस्तो ग्रहस्थिति देखिएको हुनाले यसको आयुकै विषयमा सन्देह देखिन्छ । देश विकासभन्दा पनि आङ्गिक तथा आन्तरिक समस्यामा बढी अल्झाइरहने वातावरण सृजना हुने ग्रहले देखाइरहेको छ । छोटो समयमै यसको विकल्पको खोजि नहोला भन्न सकिन्न । राज्यका अङ्गहरूमा विभिन्न बहानामा टकराव सृजना हुनेछन् । संविधानका धेरै व्यवस्थाहरू निरोपयोगी हुनसक्ने छन् ।

यी कुराहरू अहिले घट्दै गरेका तथा घट्न थालेका घटनक्रमलाई हेरेर र हचुवाको भरमा अभिव्यक्त गर्न खोजिएको होइन । यसमा सम्बन्धितहरूले आ–आफ्नो ठाऊँबाट सोधखोज गर्न सक्नुहुने छ भने ज्योतिर्विदहरूले पनि विश्लेषण गरी उचितमार्गदर्शन गर्न सक्नुहुनेछ । राज्यले महवपूर्ण काम सम्पादन गर्दा ज्योतिष विज्ञानले निर्देशन गरेको मार्गदर्शनलाई आत्मसात गरेर गर्नुपर्छ तर नेपालमा त्यसको अनुसरण हुन छाडेको देखिन्छ ।

जसले गर्दा राज्य तथा राजनीतिक दलहरूले गर्ने कार्यबाट देश र जनताले दुःख कष्ट व्यहोर्न परिरहेको छ । ज्योतिष विज्ञानलाई वेवास्ता गरिँदा अहिले सम्मका जनसंघर्षहरू र ति जनसंघर्षका उपलब्धिहरू बालुवामा पानी खन्याए सरी भइरहेका छन् । संविधानसभाबाट संविधाननिर्माण गरेर जारी गर्ने जस्तो अति महŒवपूर्ण कार्यमा समेत सो कुराको हेकाना राखिएन । जसले गर्दा संविधानजारी भएकै क्षणदेखि विपरित फलका लक्षणहरू प्रतित हुन थालिसकेका छन् । खुशियालीको सट्टाविरोधका स्वरहरू गुञ्जिरहेका छन् ।

संविधान जस्तो विशेष महवपूर्ण विषयको घोषणा तथा निर्णय गर्दा मुहूर्तविज्ञानलाई वेवास्ता गरी देश र जनताप्रतिगरिएको गैरजिम्मेवारी कार्यप्रति राजनीतिक क्षेत्रलाई नागरिकले धिक्कार्ने शिवाय के स्यावासी दिन सक्छन् र ?

यो नयाँ संविधान २०७२ को बारेमा दिइएको ज्योतिषीय दृष्टिकोण हो । उपर्युक्त फल विभिन्न तवरबाट प्रकारान्तरबाट घटित हुनसक्ने हुन्छ । यो दृष्टिकोणबाट सम्बन्धित पक्ष एवम् आमनागरिकले आउनसक्ने समस्याको निरुपणको लागि अप्नाउन पर्ने उपायहरू अवलम्बन गर्न अथवा खोज्न सक्नु अर्थात सकूनभन्ने ज्योतिष विज्ञान तथा ज्योतिषीको उपादेयता हो । अस्तु ।।।

२३ चैत २०७२, ६.००

वि.सं.२०७२ चैत २३ मंगलवार १७:३३ मा प्रकाशित

You can share this post!

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

वि.सं.२०८० असोज ७ आइतवार १२:०९

भेरीगङ्गा (सुर्खेत), ६ असोज : कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न...

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...