back

२०७३ सालमा सार्वजनिक बिदा घट्यो

काठमाडौं । नयाँ वर्ष २०७३ सालमा केही चाड पर्व र दिवस शनिबार परेकाले सार्वजनिक विदाको संख्या घटेको छ ।

पर्व, दिवस, जात्रा, जयन्ती, दसै‌ं, तिहारका बिदा केही जुधेको र केही शनिबार परेकाले बिदा संख्या घटेको हो । २०७३ सालमा शनिबारसहित १ सय २ वटा सार्वजनिक बिदा परेका छन् । शनिबार बाहेकका कुल ५१ दिन सार्वजनिक बिदा भए पनि सबै समुदायका लागि साझा बिदाका रुपमा ३० दिन मात्र बिदा परेको छ।

तर, कतिपय चाड र दिवस पनि शनिबारै परेकाले बिदा घट्ने भएको नेपाल पञ्चांग निर्णयक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताए। ‘केही चाडपर्व एकैदिन परेको र केही शनिबारै परेकाले सार्वजनिक बिदा घट्ने भएको हो,’ गौतमले भने।

२०७३ मा सबैलाई मिल्ने सार्वजनिक बिदामा सात दिन त शनिबारै परेको छ। यो वर्ष ५२ ओटा शनिबार परेका छन्। यो वर्ष उपत्यकाको हकमा थप चार र महिलाका लागि थप तीनवटा बिदा रहेका छन्।

२५ फागुनमा पर्ने महिला दिवसको बिदा सबैलार्इ दिइएको छ। ११ बैशाखमा दिइँदै आएको लोकतन्त्र दिवसको विदा असोज ३ मा जारी गरिएको संविधान दिवसका लागि दिइएको छ। राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७२ चैत्र २४

 

वि.सं.२०७२ चैत २४ बुधवार १०:१४ मा प्रकाशित

You can share this post!

थाहा पाउनुहोस (२०७९ माघ ११ गते, बुधवार) आजको राशिफल

थाहा पाउनुहोस (२०७९ माघ ११ गते, बुधवार) आजको राशिफल

वि.सं.२०७९ माघ ११ बुधवार ०८:०३

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ...

हेर्नुहोस आजको राशिफल

हेर्नुहोस आजको राशिफल

वि.सं.२०७९ माघ १० मंगलवार ०७:१७

२०७९ माघ १० गते, मंगलवार, २४ जनवरी २०२३। माघ शुक्लपक्ष...

आज २०७९ माघ ९ गते, सोमवार, थाहा पाउनुहोस आजको राशिफल

आज २०७९ माघ ९ गते, सोमवार, थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ माघ ९ सोमवार ०७:४४

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ...

सोनाम ल्होछारको अवशरमा तीन दिन सार्वजनिक बिदा

सोनाम ल्होछारको अवशरमा तीन दिन सार्वजनिक बिदा

वि.सं.२०७९ पुस ३० शनिवार १८:१८

काभ्रे । खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व...

थाहा पाउनुहोस आजको राशिफल

थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ पुस १६ शनिवार ०८:१६

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवार र सन्तानबाट...

आज २० मंसिर २०७९, मंगलबार : यस्तो छ तपाइँको आजको राशिफल

आज २० मंसिर २०७९, मंगलबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ मंसिर २० मंगलवार ०६:५८

आजको पात्रो: २० मंसिर २०७९, मंगलबार । तद्नुसार डिसेम्बर महिनाको ६...