
काठमाण्डौं । सेयर किनेको र बेचेको रकमको राफसाफ चार दिन भित्र स्वचालित प्रणाली अनुसार हुनुपर्नेमा सो नभएको भन्दै धितोपत्र बोर्डले सबै सेयर दलाल र लगानीकर्ताहरुलाई पूर्ण स्वचालित प्रणाली अनुसार गर्न निर्देशन गरेको छ ।
स्वचालित कारोबार प्रणाली लागु भएपछि सेयर किनबेच भएको तीन कार्य दिन अर्थात चौथो दिन भित्रमा राफसाफ हुनुपर्नेमा सो नभएको गुनासो आएपछि बोर्डले तीन वटा सेयर दलाल कम्पनीको कार्यालयमा निरीक्षण गरेको जनाईएको छ । सेयर दलालहरुलाई पनि पूर्ण स्वचालित कारोबार प्रणाली अबलम्बन गदै लगानीकर्तालाई प्रत्यक्ष फाईदा उपलब्ध गराउन बोर्डले निर्देशन दिएको छ ।
२५ चैत २०७२, १०.००
वि.सं.२०७२ चैत २५ बिहीवार १५:२८ मा प्रकाशित