back

लोडसेडिङ फेरी ३ घण्टा घट्यो

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा दैनिक ३ घण्टासम्म लोडसेडिङ घटाएको छ । दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएको अहिले ९ घण्टासम्म झरेको छ ।

विद्युत उत्पादन साविकको भन्दा बढेपछि तालिकाभन्दा कम अवधि लोडसेडिङ गर्न सम्भव भएको प्रानधिकरणले जानकारी दिएको छ ।

तर, तत्काल घोषित रुपमा लोडसेडिङ नघट्ने प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिए ।

‘पहाडी क्षेत्रमा पानी परेकाले नदीमा समान्य सतह बढेपछि घोषणा नै नगरी लोडसेडिङ घटाइएको छ,’ उनले भने, ‘यो अस्थायी रुपमा मात्र घटेको हो । केही दिनमा तालिका अनुसार नै विद्युत काटिनेछ ।’ तत्काल नयाँ तालिका नआउने क्षेत्रीको भनाइ छ । अहिले हप्तामा ७७ घण्टा लोडसेडिङ हुने तालिका छ ।

प्रकाशितः २०७२ चैत्र २५

वि.सं.२०७२ चैत २५ बिहीवार १६:१९ मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...