
काठमाण्डौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । केही समय यता सामान्य घटेको सुनको मुल्य आज शुक्रबार प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
योसँगै सुनको भाउ प्रतितोला ५४ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यसैगरी आज चाँदीको मूल्यमा पनि सामान्य बढेको छ । शुक्रबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ ।
२६ चैत २०७२, ११.००
वि.सं.२०७२ चैत २६ शुक्रवार १२:०४ मा प्रकाशित