back
NMB ad

काठमाडौंमा फोहरबाट बिजुली तीन महिनाभित्रमा बल्ने

Kumari bank ad

काठमाडौँ । आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाले फोहरबाट बिजुली निकाल्ने भएको छ ।

महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमका अनुसार अहिले १४ किलोवाट बिजुली निकाल्न लागिएको हो । यो परीक्षण सफल भए काठमाडौँ उपत्यकाका अन्य स्थान र उपत्यकाबाहिर पनि यस योजनालाई विस्तार गरिनेछ ।

अहिले टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित फोहरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक तीन सय टन जैविक फोहर आवश्यक पर्ने प्रमुख गौतमले जानकारी दिए ।
उनका अनुसार उपत्यकामा दैनिक ४५० टन फोहर उत्पादन हुन्छ जसमध्ये ६३ प्रतिशत जैविक फोहर हुने गर्दछ । उपत्यकाको फोहरको व्यवस्थापन गर्ने सिलसिलामा बिजुली निकाल्न लागिएको हो ।

वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठका अनुसार उक्त कामका लागि युरोपेली सङ्घ र काठमाडौँ महानगरले संयुक्तरुपमा करिब दुई करोड रुपैयाँ लगानी गर्ने छन् ।

उत्पादित बिजुली महानगरको कार्यालयमै प्रयोग गरिनेछ । बिजुली उत्पादनका लागि आवश्यक सबै सामग्री भने भारतबाट आयात गरिने छ ।

निकट भविष्यमा टेकुमा सङ्कलित फोहरबाट दैनिक ९६ केजी ग्यास, ३०० केजी जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने योजना महानगरको छ ।

प्रकाशितः २०७२ चैत्र २७

वि.सं.२०७२ चैत २७ शनिवार १०:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...