
काठमाडौं । पशुपति क्षेत्रबाट सुरु भएको ग्रीन काठमाडौं क्लिन काठमाडौंको चौथो हप्ताको कार्यक्रम आज भक्तपुरको सूर्यविनायक क्षेत्रमा सम्पन्न भएको छ ।
नेवारी भाषामा ‘क्लिन ख्वप:, ग्रीन ख्वप:’ नाम दिइएको अभियानमा नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । भक्तपुरको चौमडी, गहिदी, भेलुखेल, सिद्धि स्मृति अस्पताल परिसर र सूर्यविनायक चोक आसपास सरसफाइ गरिएको सहभागी निर्मल भट्टराईले जानकारी दिए ।
सरसफाइ कार्यक्रमलाई स्थानीय विभिन्न संघ, संस्था, क्लब र स्थानीयले सहभागिता जनाएका थिए । अयिभानमा सहभागीहरु हातमा कुचो बोकेर र फोहोर संकलन गर्ने सामग्री बोकेर सडकमा उत्रिएका थिए ।
२४ हप्तासम्म चल्ने अभियानमा विश्व सम्पदा सूचिमा सुचीकृत सबै ठाउँमा सरसफाई गरिने अभियानका संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिए ।
प्रकाशितः २०७२ चैत्र २७
वि.सं.२०७२ चैत २७ शनिवार ११:१७ मा प्रकाशित