
मोरङ । मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् ।
मोरङको रङ्गेली नगरपालिका–९ का ३५ वर्षीय छेदनलाल मण्डलले यो वर्ष पनि चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गर्दै आएका छन् ।
खोलाको बगरमा तरकारी फलाउने र आम्दानी लिने सोच राखेर तरकारीखेती गर्दै आएका मण्डलले दुई लाखको लगानीमा गत वर्षको मङ्सिरदेखि वैशाखसम्ममा छ लाख रूपैयाँ कमाए।
यो वर्ष पनि पाँच लाख रूपैयाँ कमाइसकेका छन् । उनले यो वर्ष काँक्रा, तीतेकरेला, फर्सी, लौका, तरबुजा, रोपेका छन् । उनले भने– “जान्यो भने बगरमै पैसा फल्नेरहेछ ।”
प्रकाशितः २०७२ चैत्र २७
वि.सं.२०७२ चैत २७ शनिवार ११:५८ मा प्रकाशित