back
SKIP
prime bank ad

भूकम्पले भत्काएका १० सम्पदाको पुनःनिर्माण सुरु

Kumari bank ad

काठमाडौं । भक्तपुर नगरभित्रका १० वटा सम्पदाको पुनःनिर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षति पुगेको सम्पदाको पुन निर्माण शुरु भएको हो ।

जर्मन विकास सहायताअन्तर्गत जर्मन विकास बैंक, नेपाल सरकार र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा भक्तपुरका १० वटा सम्पदाको पुनःनिर्माणको प्रारम्भिक काम शुक्रबारदेखि थालनी गरिएको बताइएको छ ।

दत्तात्रयस्थित पुजारी मठमा जर्मन सरकारका प्रतिनिधि, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, भक्तपुर नगरपालिका, पुरातत्व विभाग लगायतका प्रतिनिधिसहित सम्मिलित उक्त कार्यक्रममा पुनःनिर्माण कार्यको उद्घाटन गरिएको थियो ।

दत्तात्रयस्थित पुजारी मठ, पाँचतले मन्दिर, राष्ट्रिय कला सङ्ग्रहालय, दरबारस्क्वायरको फसिदेग, भक्तपुर नगरपालिकाको पुरानो भवन, भैरब द्यो छे, भैलुखेलको च्यासिंमण्डप, नासमनाको हाडा छें, विद्यार्थी निकेतन उमावि र श्रीपद्य उमाविको पुनः निर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको हो ।

जर्मन सरकारको एक अर्ब १९ करोड, नेपाल सरकारले २२ करोड र भक्तपुर नगरपालिकाको १० करोडको रूपैयाँ लगानीमा पुनःनिर्माण तथा जीर्णोद्धारको काम गरिने पुरातत्व विभाग राष्ट्रिय कला संग्राहलयकी प्रमुख अरुणा नकर्मीले बताइन् ।

जर्मन विकास बैंकका कार्यालय प्रमुख एवम् प्रतिनिधि शङ्करराज पाण्डेले भूकम्पले भत्काएको सम्पदाको पुनःनिर्माणको प्रारम्भिक अनुसन्धान एवम् अन्वेषण पनि गरिने बताए।
प्रकाशितः २०७२ चैत्र २७

वि.सं.२०७२ चैत २७ शनिवार १३:०५ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै, भोली नेपाल फर्किने  

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै, भोली नेपाल फर्किने  

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:५८

मानसरोवर (चीन), १२ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री...

दुई जना मेडिकल सञ्चालक पक्राउ   

दुई जना मेडिकल सञ्चालक पक्राउ   

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:५४

दमौली, १२ असोज : आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:४४

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

१९औँ एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित   

१९औँ एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित   

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:३९

हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत...

एनआरएनएका अध्यक्ष थापाद्वारा पुनःअध्यक्षमा उम्मेदवारी घोषणा   

एनआरएनएका अध्यक्ष थापाद्वारा पुनःअध्यक्षमा उम्मेदवारी घोषणा   

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:३५

काठमाडौँ, ११ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष...

यस्तो छ, आज १२ असोज २०८० शुक्रवारको दैनिक राशिफल

यस्तो छ, आज १२ असोज २०८० शुक्रवारको दैनिक राशिफल

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...