
काठमाण्डौं । भूकम्पमा घरबास गुमाएका धादिङ र गोरखाका ३५ सय ६० परिवारले नयाँ घर बनाउन नपाउने भएका छन् ।
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढेको भन्दै गोरखा र धादिङ जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा घर र ठूला संरचना नबनाउन आग्रह गरेपछि आयोजनाको प्रभावित क्षेत्रमा बसोबास गर्ने ३५ सय ६० परिवारले भूकम्पले घर भत्किए पनि नयाँ बनाउन नपाउने भएका हुन्।
जिल्ला प्रशासन कार्यालयहरुले गएको हप्ता प्रभावित क्षेत्र गोरखाका १४ र धादिङका १३ गाविसका बुढीगण्डकी किनारका जग्गाहरु अधिग्रहणका लागि सूचना जारी गरेका थिए ।
२८ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत २८ आइतवार १०:४७ मा प्रकाशित