back
Mega Long Ad

डसना उद्योगमा आगो लाग्दा १६ लाख क्षति

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ गल्छिनास्थित एक डसना उद्योगमा आगलागी भएको छ।

पोषराज सिग्देलको घरमा छाङ गाविस वडा नं ५ वस्ने ईश्वर मल्लको डसना उद्योगमा गएराति आगलागी हुँदा करिब १६ लाख रुपैयाँको क्षति भएको छ। चारवटा कोठामा राखिएका सिरक डसनामध्ये दुई कोठामा रहेका सिरक डसना जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय वेलचौताराका सई काशीराम चौधरीले जानकारी दिए।

आगलागीबाट सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको उनले बताए। राति करिब १२ बजेको समयमा प्रहरीमा जानकारी आएपछि तत्काल प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीय बासिन्दाले समेत आगो निभाउन नसकेपछि सदरमुकाम दमौलीबाट राति ३ बजे दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको सई चौधरीले बताए। दमकल बोलाएपछि दुईवटा कोठामा राखिएका सिरक डसना जोगाउन सकियो, नत्र अझै बढीको क्षति हुने थियो चौधरीले भने।

२८ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत २८ आइतवार १०:५४ मा प्रकाशित

You can share this post!

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

उद्योगी व्यवसायीलाई बैंक ब्याजदेखि घरभाडासम्मको समस्या बढ्यो : बरिष्ठ उपाध्यक्ष ढकाल

उद्योगी व्यवसायीलाई बैंक ब्याजदेखि घरभाडासम्मको समस्या बढ्यो : बरिष्ठ उपाध्यक्ष ढकाल

वि.सं.२०७८ भदौ ३१ बिहीवार १०:५५

मोरङ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले...

६ वटा छड उद्योगलाई लाभ, २४ उद्योग र बैंकको लगानी डुब्ने खतरामा

६ वटा छड उद्योगलाई लाभ, २४ उद्योग र बैंकको लगानी डुब्ने खतरामा

वि.सं.२०७८ भदौ २८ सोमवार १५:१०

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको शंसोधित आर्थिक ऐनका...

परिसंघमा उद्योग, बैंक तथा वित्तीय संस्था समिति र रोजगारदाता परिषद गठन

परिसंघमा उद्योग, बैंक तथा वित्तीय संस्था समिति र रोजगारदाता परिषद गठन

वि.सं.२०७८ भदौ २८ सोमवार ११:५५

काठमाडौं । नेपाल उद्योग परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय...

उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मक : परिसंघ

उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मक : परिसंघ

वि.सं.२०७८ भदौ २७ आइतवार १२:१०

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई...

विद्युत प्राधिकरणका कारण हैरान खेप्दै उद्योगी, संगठनले दियो ८ बुँदे सुझाव

विद्युत प्राधिकरणका कारण हैरान खेप्दै उद्योगी, संगठनले दियो ८ बुँदे सुझाव

वि.सं.२०७८ भदौ २३ बुधवार १७:५६

विराटनगर । उद्योग संगठन मोरङले उद्योग व्यवसाय क्षेत्रमा नियमित विद्युत...