
काठमाण्डौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा)ले नेपालको पर्यटन प्रवर्द्धनका लागि चीनका विभिन्न शहरमा विशेष कार्यक्रम गर्ने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास र बेइजिङसँगको सहकार्यमा मित्र राष्ट्र चीनमा नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएकोे नाटाले जनाएको छ ।
१ हप्तासम्म चीनको बेइजिङ र अन्य तीन शहरहरू हाङजाउ, सांघाई तथा छन्दुमा १० अप्रिलदेखि बृहत प्रवर्द्धनात्मक कार्यक्रम गरिने नाटाले बताएको छ । कार्यक्रमपछि साढे दुई लाख चिनियाँ पर्यटकको आगमन हुने प्रक्षेपण नाटाको छ ।
२८ चैत २०७२, ९.००
वि.सं.२०७२ चैत २८ आइतवार ११:२५ मा प्रकाशित