
एजेन्सी । भारतको वाराणसीमा भारतसहित विश्वभरका १८ वलवानले आफ्नो शक्ति देखाएका छन् । भारतमा पहिलो पटक आयोजना भएको ‘वल्र्ड स्टोङमेन चेम्पियनशीप’मा विश्वभरका वलवानहरुले आफ्नो शक्ति देखाएका हुन् ।
प्रतियोगीतामा विश्वकै बलवानको व्यक्तिको रुपमा इस्टोनियाका टमोमिटरले आफ्नो नाम लेखाए । उनले एक मिनेट १८ सेकेण्डमा १२५ किलोको ढुंगा, १७५ किलोको शीप एंकर, १५६ किलोको एन्विल र १६० किलोको ढुंगा उठाएका थिए ।
विश्वस्तरकै यो प्रतिस्पर्धाको आयोजना ‘वल्र्ड स्टोङम्यान एसोसिएसन’ ले पहिलो पटक भारतमा गरेको हो । प्रतिस्पर्धामा इङ्ल्याण्ड, बेलारुस, पोल्याण्ड, नर्वे, मलेसिया, उज्वेकिस्तान, इटाली, आयरल्यण्ड, लेटबिया, रुस, भारतलगायतका देशकोे सहभागिता थियो ।
प्रकाशितः २०७२ चैत्र २९
वि.सं.२०७२ चैत २९ सोमवार १४:३५ मा प्रकाशित