back

फूलको बुकी भित्र राखेर दिएको त्यो तरबार उपहार …

दुःखका बादलहरु सँग लडदै कुनै दिन पक्कै पनि खुसीको बहारहरु आउँछ भन्ने आशमा बाँधिएको म १ चैत्र महिनाका सुकेका पात जस्तै सुकेका सपना र साउनको झरी जस्तो रोएको मन लिएर हिंड्न परे पनि कुनै दिन हिलोमा पनि कमलको फूल फुल्छ भन्ने आशमा निर्धक्क मन लिएर निरन्तर आफ्नो गन्तव्यमा लडदै उठने नितान्त एक्लै एक्लै बगरमा हिड्ने बटुवा म ।

अनेकौं अतीतका भुमरीहरु आफ्नो वरिपरि घुमिरहे पनि सुकुमार सपनाहरू बोकेर हाँसिरहने रमाइ रहने म, यो त मेरो नितान्त एक्लो र भावनामा कहिले उमंगिएर आफै सँग जिस्कन खोज्ने मनको कुरा, अनि कहिले उजाड उजाड भएर आफैसँग भागेर जान खोज्ने मेरो मनको कुरा । तर, मसँग भाग्न खोज्ने मेरो मनलाई त म हरेक तरहले नियन्त्रण गर्छु, तर २०७२ मा सुरु देखि अन्तिमसम्म साल भरी सारा नेपालीको रोएको मन, च्यातिएको सम्भावनाका पर्दाहरु, परिबारमा भएको बियोग र बिछोड अनि बस्ती बस्तिमा निभेका दिपहरु अनि उजाड उजाड मनहरुको म कसरी शब्द शब्दमा बर्णन गर्ना सक्छु र र!

कला पन्थ
कला पन्थ

कहिले प्राकृतिक प्रकोपले आक्रमण गरिरह्यो, प्रकृति नै क्रुर भएपछि कस्को के लाग्छ र ? सारा नेपालीहरु साल भरी दुखी मन लुकाउँदै चिरा चिरा परेको मुटुलाई सिलाएर जीवन जिउन बाध्य हुनु पर्यो । कल्पना समेत नगरेको टिकापुर घटनाको शिकार भएर सहिद हुनु पर्यो, फेरि केही माथी उठ्न खोजेको थियो अनि छिमेकी मुलुकले फूलको बुकी भित्र तरबार राखेर दिएको उपहार स्वीकार गर्नुप¥यो । पीडादायक नाकाबन्दीमा आकुलब्याकुल हुनु पर्यो ।

२०७२ हरेक नेपालीको रात दिन सुस्केरामा बिताएको साल, सालै भरी नेपालीको मन भित्र दु:खद आधिबेहरी चलेको साल,, सांस्कृतिक धरोहर दरबार, मन्दिरहरु र धरहरा भत्किएर खण्डहर भएको साल । सधै झझल्को आइरहने अमुल्य संस्कृति गुमेको साल । प्रबासी नेपालीहरु नेपालको अथाह मायालार्इ मुटुमा सजाउदै भुकम्पको बियोग र घाइते मनलाई अझ दुःखी बनाउदै परदेशी गल्ली गल्लीमा पसिनासँग पैसा रूपान्तर गर्दै अनगिन्ती परिकल्पनाहरु बोकेर जीवन संघर्ष हो भनेर रोएको साल यो । अनि हरेक पटक धड्कने ढुकढुकीमा नेपाल र नेपालीको असीमित माया पोको पारेर अनगिन्ती दुःखहरु लुकाउदै परदेशी बस्तीबस्तीमा आर्थिक सहयोग मागेको साल यो ।

अब, दुखिरहने मनलाइ कति दुखाइ रहने । २०७२ सालमा भोगेका पीडा, दुख, बियोग, विश्वासघात नेपालीको जीवनमा कहिले नफर्कियोस् । सम्पूर्ण नेपाली मनमा वसन्त बहार छाओस् । राष्ट्रप्रेमी र जनाता प्रेमी नेताहरूको उदय होस् । भूकम्पले बनाएका घाउमा जति सक्दो छिटो मल्हम पट्टीको व्यवस्था होस् ।

आधारभूत आवश्यकताबाट कुनै पनि नेपाली वञ्चित हुनु नपरोस् । महंगी जति सक्दो चाडैं समाधान होस् । छिमेकी राष्ट्रले जहिले सद्भाव र सहयोगको भावानाले व्यवहार गरोस् । आन्तरिक मामिलामा हस्तक्षेप नगरोस् । सारा नेपालीको मनमा नयाँ वर्ष २०७३ हर्ष उमंग सफलता छाओस् । नीलो आकाशमा उड्ने सेतो बादल जस्तै खुशीका बहारहरु नेपालीमनमा छाउन् । हरेक नेपालीको दुःख, पीडा र दर्द बर्षायाममा पानीले बगाएर लगे जस्तै सर्लक्क बगाएर लैजाओस् । यही छ हरेक नेपालीलार्इ मन मुटुदेखि नयाँ बर्ष को मुरी मुरी शुभकामना !

२९ चैत २०७२ / ५:२०

वि.सं.२०७२ चैत २९ सोमवार २०:२९ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...