back

धन्न जोगियो जुम्लामा निगमको बिमान

Kumari bank ad

काठमाडौँ । नेपाल एयरलाइन्सको नाईन एन एवियु कलसाईन भएको जहाज जुम्ला विमानस्थलमा आज दुर्घटनाबाट जोगिएको छ । जुम्लाबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा विमानको नोजको ल्याण्डिङ गेयरको स्टेयरिंग तार चुँडिएपछि जहाज चालकदलले इन्जीन बन्द गरेर रोकेका थिए ।

साढे १ बजे जहाज बिग्रिएको थियो । जहाज उड्नको लागि ५ सय ४० मिटर गुडेर गईसकेपछि समस्य आएको बिमानस्थल स्रोतले हनाकारी दियो । जहाजमा १६ जना यात्रु सवार थिए । विमानका क्याप्टेन जेके निरौला थिए ।

जहाजलाई विमानस्थलका जनपद, सशस्त्र प्रहरी र जहाजका कर्मचारी र यात्रुहरुहरुले धकेलेर साइड लगाएका थिए । अहिले जहाज विमानस्थलको छेउमा राखिएको छ । मंगलबार बिहान तारा यएरको जहाजमा ड्रावोमाइक नामक सामाग्री र ईन्जीनियर आएपछि बनाएर उडाउने तयारी भइरहेको जुम्ला विमानस्थलले जानकारी दिएको छ ।

चालक दलको सचेतताका कारण दुर्घटना हुनबाट जोगिएको यात्रुहरुले बताएका छन् । उनीहरुले समयमै जहाज बिग्रेको जानकारी दिएर सुरक्षित बनाएकोमा धन्यावाद दिएका छन् ।

२९ चैत २०७२ / ५ : २२

वि.सं.२०७२ चैत २९ सोमवार १७:२३ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...