
काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर अर्थात एफपिओको बाँडफाँड आज हुँदैछ । धितोपत्र बाँडफाँड निर्देशिका अनुसार साना र ठुला लगानीकर्ताको वर्गिकरण गराएर यो सेयरको बाँडफाँड हुँदैछ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको खाता विबरण उल्लेख गराएका सबै आवेदकको शेयर नपरेको पैसा सिधै बैंक खातामा जम्मा हुने व्यवस्था छ ।
६ अर्ब ३४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको एफपिओ निष्काशन पश्चात चुक्ता पूँजी ७ अर्ब २५ करोड रुपैंया बढी हुनेछ । बैंकले ६०१ रूपैयाँमा एफपीओ जारी गरेकोमा झण्डै ४८ अर्ब रुपैयाँको आवेदन परेको थियो ।
३० चैत २०७२, ९.००
वि.सं.२०७२ चैत ३० मंगलवार ११:४५ मा प्रकाशित