
काठमाण्डौं । नयाँ वर्ष २०७३ को अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना सहितको एक विज्ञप्ति जारी गर्दै दक्षिण एसियाको भूराजनीतिक संवेदनशीलता र शक्ति सन्तुलनको हेक्का नराखिएको आरोप लगाउँदै राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलिले नेपाल कमजोर भइसकेको बताएका छन्।
उनले सबै देशभक्तलाई समेटेर अघि बढ्नु आवश्यक भएको बताउँदै हाम्रा राष्ट्रिय मान्यताहरु( धर्म संस्कृति, भाषा, इतिहास र सभ्यता विपरीत प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पुर्खाले सुम्पिएको धरोहरहरु आफ्ना सन्ततिलाई कसरी हस्तान्तरण गर्न सक्छौँ भन्ने प्रश्न अहिले पेचिलो बनेको उल्लेख गरेका छन् ।
यसका साथै उनले, हामी कहाँ थियौँ, अहिले कुन स्थितिमा छौँ, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सही मार्गचित्र के हुनुपर्छ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ। अनि ककसको कस्तो अर्गेँल्याइ छ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेको पनि बताएका छन् ।
३० चैत २०७२, १।००
वि.सं.२०७२ चैत ३० मंगलवार १३:१४ मा प्रकाशित