
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गार्मेन्टलाई अमेरिका निर्यातका लागि भन्सार छुट गराउन सरकारले पहल गर्ने आश्वासन दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ६५ औं वार्षिक साधारणसभाको मंगलबार राजधानीमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले गार्मेन्टको उत्पादन बढाउन व्याशायीहरुलाई आग्रह गरे । ‘अमेरीकाले ६६ वटा वस्तुमा कोटा छुट गरिदिएको छ । त्यसमा गार्मेन्ट परेनछ,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु गार्मेन्टको उत्पादन बढाउनुहोस भन्सार छुटको पहल सरकारले गर्छ ।’
औद्योगिक र व्यवसायिक सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिष्पर्धा गर्न व्यवसायीलाई आग्रह गरे ।
प्रकाशितः २०७२ चैत्र ३०
वि.सं.२०७२ चैत ३० मंगलवार १७:०७ मा प्रकाशित