back

ग्रेट बुद्धिस्ट मास्टर पदयात्रा मार्गमा ‘इण्डुरेन्स म्याराथन’

Kumari bank ad

काठमाडौँ । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सदस्य कम्पनी ‘स्याक्रेड हिमालय ट्रेक एडभेन्चर’ले काभ्रेको ग्रेट बुद्धिस्ट मास्टर पदयात्रा मार्गमा ‘इण्डुरेन्स म्याराथन’ सम्पन्न गरेको छ ।

टानले चार बर्ष अघि खोज तथा विकास गरेको पदयात्रा मार्गमा गरिएको स्याक्रेड हिमालय इण्डुरेन्स म्याराथनु को प्रबर्द्धन टानले गरेको थियो ।

काभ्रे जिल्लाको भीमखोरी गाबिसको मानेगाउँबाट शुरु भई त्यहीं टुंगिएको म्याराथनमा १९ बिदेशी सहित कुल २३ खेलाडीको सहभागिता रहेको थियो । खेलाडीहरुले तिन विधा – उल्ट्रा म्याराथन ९६४ किमी०, फुल म्याराथन ९४२ किमी० तथा हाफ म्याराथन (२१ किमि) – मा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा बेलायतको साउथ वेस्ट कोस्ट (१००० किमी) ११ दिन ८ घण्टा १५ मिनेटमा सकाएर विश्व रेकर्ड राखेका बेलायति धाबक मार्क बेरीको पनि सहभागिता रहेको थियो । उल्ट्रा म्याराथनको उपाधि बेलायतका जस्टिन नेगलले जिते भने बेलायतकै विलियम हानकक् र मार्क रेटफोर्डले दोस्रो र तेस्रो स्थान हात पारे । तेसै गरि फुल म्याराथनको उपाधि स्थानीय राजु मगरले जिते भने, दोस्रो स्थानमा सोहि क्षेत्रको खाम्साङ्ग गुरुङ रहे । तेस्रो स्थान बेलायतका एडम बेनेटले जिते । हाफ म्याराथनको उपाधि पनि बेलायतकी ड्यानीयल सिमोनले जितिन् । दोस्रो स्थानमा बेलायतकै डायान न्युटन रहिन् भने तेस्रो स्थानमा ली सयाम्प्सन र मेलाइन केजको दम्पति रह्यो ।


taan

बिजयीहरुलाई टान अध्यक्ष चन्द्रप्रसाद रिजालले मेडल, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गगरेका थिए ।  सो अबसरमा बोल्दै अध्यक्ष रिजालले स्याक्रेड हिमालयलाइ टानले चार बर्ष अघि खोज गरेको पदयात्रा मार्ग प्रबर्द्धन गरेको धन्यबाद दिए । ‘महाभारत क्षेत्रमा यो नयाँ पदयात्रा मार्ग हो, यदि हाम्रो सदस्य कम्पनीहरुले यसलाई प्रबर्द्धन नगर्ने हो भने नयाँ पदयात्रा मार्ग बिकासमा खर्च भएको लाखौँ रुपैया खेर जान्छ’ रिजालले भने ।  सहभागिताको लागि बिदेशी खेलाडीलाइ धन्यबाद दिंदै रिजालले नेपाल सुरक्षित गन्तब्य भएको सन्देश प्रबाह गर्न आग्रह गरे ।

2
तेसै गरि टानका महासचिब कर्णबहादुर लामाले यो प्रतियोगिता भविष्यमा पनि आयोजना गर्न स्याक्रेड हिमालयलाइ सुझाब दिए । यो बुद्दिष्ट मास्टर ट्रेलले प्राचिन कालमा गुरु पद्मसम्भव हिंडेको क्षेत्रहरुलाई समेट्ने भएको हुँदा यसले धार्मिक रुपमा ठुलो महत्व राख्ने भन्दै लामाले सबै बिदेशी धाबकहरुलाई नेपाल सुरक्षित गन्तब्य भएको संदेश प्रबाह गर्न मद्दत गर्न आग्रह गरे ।

स्याक्रेड हिमालय ट्रेक्स एण्ड एडभेन्चरका बिनय लामाले बुद्धिष्ट मास्टर पदयात्रा मार्ग संस्कृतिक, धार्मिक तथा प्राकृतिक सुन्दरतामा धनि भएको कारण आफुले यो प्रतियोगिता यहाँ गरेको जानकारी दिए । यो प्रतियोगितालाइ भविष्यमा पनि निरन्तरता दिन आफु प्रतिबद्ध रहेको उनले बताए ।
ग्रेट बुद्धिष्ट मास्टर पदयात्रा मार्ग काभ्रे र सिन्धुली जिल्लाको महाभारत क्षेत्रमा पर्दछ ।

०१ बैशाख २०७३/२:२५

वि.सं.२०७३ वैशाख १ बुधवार १४:४८ मा प्रकाशित

You can share this post!

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...