
काठमाडौँ । अवैध रुपमा नेपाल भित्रिएका मोबाइल सेट बुधबारबाट नचल्ने भएका छन् ।
अवैध मोबाइलका कारण आपराधिक क्रियाकलाप बढेको र सरकारले ठूलो रकम राजस्व गुमाइरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले अवैध मोबाइल सेट बन्द गर्न लागेको जनाएको छ ।
प्राधिकरणले मोबाइल प्रयोग सम्बन्धी निर्देशिक जारी गर्दै अवैध मोबाइल सेटमा प्रतिबन्ध लगाउन लागेको हो ।
प्राधिकरणले राष्ट्रिय उपकर पहिचान र दर्ता कार्यान्वयन सम्बन्धी निर्देशिका जारी गरिसकेको छ । निर्देशिका अनुसार प्रत्येक मोबाइल ग्राहकले अन्तराष्ट्रिय मोबाइल उपकरण पहिचान (आईएमइआई) दर्ता गर्नु पर्ने हुन्छ ।
प्राधिकरणले विदेशबाट व्यक्तिगत प्रयोगका लागि ल्याइएका मोबाइलको समेत (आईएमइआई) लिएर मात्र चलाउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
प्रकाशितः २०७३ वैशाख १
वि.सं.२०७३ वैशाख १ बुधवार १४:३४ मा प्रकाशित