
काठमाडौं । सेयरमा लगानी गर्नेले एक वर्षमा ५ खर्ब २८ अर्ब कमाएका छन् । सेयरको मूल्य बढेका कारण लगानीकर्ताले उक्त अवधिमा उल्लेख्य नाफा गरेका हुन् ।
२०७२ सालमा पुँजी बजार पाँच खर्ब २८ अर्ब रुपैयाँले बढ्न पुग्यो । वैशाख २ गते सेयर बजारमा कुल पुँजीकरण नौ खर्ब ६८ अर्ब रुपैयाँ थियो । वर्षको अन्तिम दिन चैत ३० गते पुँजीकरण १४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ ।
बजार निरन्तर रुपमा उकालो लागेपछि लगानीकर्ताले कमाएका हुन् । पोहोर वैशाख २ गते ९४४ अंक रहेको नेप्से चैत ३० गते १३८८.६३मा पुग्यो । चारैतिर निराशा हुँदाहुँदै पनि सेयरमा लगानी गर्नेले यो वर्ष राम्रो कमाए ।
प्रकाशितः २०७३ वैशाख १
वि.सं.२०७३ वैशाख १ बुधवार १५:५० मा प्रकाशित