
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८५ आज बैशाख २ बजे अपराह्न ३ बजे १३ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएकोछ । १२ वर्ष अवधिको विकास ऋणपत्र २०८५ बोलकबोल प्रक्रियामा जाँदैछ भने बैशाख ५ गते निष्कासन हुने नेपाल राष्ट्र बैंकले जनाएकोछ ।
ऋणपत्र खरिद गर्न्का लागि बैंकले ऋणपत्र खरिद गर्नका लागि बैँकले बैँक तथा वित्तिय संस्था, गैर बैँक तथा वित्तिय संस्था, विमा कम्पनि, संगठित संस्था तथा इच्छुक नेपाली नागरिकलाई आह्वान गरेको छ ।
राष्ट्र बैँकले प्रतिस्पर्धी बोलवालालाई निष्काशित रकमको ८० प्रतिशत अर्थात् १० अर्ब ४० करोड र अप्रतिस्पर्धी बोलवालाहरुलाई २० प्रतिशत अर्थात् २ अर्ब ६० करोड रकम छुट्याएको छ ।
घटिमा पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्र खरिद गर्न सकिनेछ । ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाइएको छ ।
२ बैशाख २०७२, १०।००
वि.सं.२०७३ वैशाख २ बिहीवार ११:२२ मा प्रकाशित