back
NMB ad

त्यो बेला : ट्रेकिङ भनेपछि जन्ती गएजस्तो …

Kumari bank ad

पुराना पर्यटन ब्यबसायी एवं नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्यालसंग अर्थतन्त्रका लागि रामेश्वर कार्कीले गरेको कुराकानीको सम्पादित अंश …

पर्यटनका कृष्ण दाई ! कति भयो पर्यटनमा लाग्नु भएको ?

म त्यतिबेला प्रत्येक्ष पर्यटनमा काम गर्छु भनेर आएको होईन । २०३२ सालमा एउटा अडिट फर्र्ममा काम सुरु गरेँ । शंकर होटलको १० बर्षको कर छुट सिद्धिन लागेको पुरानो हिसाव व्यवस्थापन गर्न फर्मलाई जिम्मा दिएको रहेछ । अडिटरको सहयोगीको रुपमा शंकर होटेलको अडिटको कामबाट मैले बुझ्न थालेको हुँ । हामीले ज्याठाको हिमालयन भ्यू होटलको फ्रन्टमा एउटा कोठामा अफिस राखेर अडिटको काम गर्दा अप्रत्यक्ष बुझ्न थालें ।

उबेलामा अहिले जस्तो होटलहरु थिएन, ट्रेकिङ ट्रावल कम्पनीहरु थिएन । त्यो अवस्थामा धेरै (एफाईटी) आफैँ आउने, ट्रेकिङ जान्छु, घुम्न जान्छु भनेर गाडी खोज्ने, त्यहीँको रिसेप्सनसँग आएर सहयोग माग्ने देख्दा त्यहीँबाट मेरो पर्यटक र व्यवसायीसंग संगत भयो ।

त्यतिखेर अहिले जस्तो कम्युनिकेशन थिएन । ३–४ महिना अगाडि पठाएको चिठिको आधारमा होटल बुकिङ हुन्थ्यो । बुक गर्नेलाई बुक भएको सूचना पाएको हुन्थ्यो कि हुँदैनथ्यो तर एयरपोर्टबाट उ गाडी लिएरै आउँथ्यो ।

विश्वासमा काम हुन्थ्यो । दोहोरो संवाद हुँदैनथ्यो । मेरो पुरानो साथि राजु भन्ने ज्वालामान श्रेष्ठले फोर सिजन ट्रेकिङ खोल्नुभयो । ४४ साल असोज २४ गते अहिले पनि याद छ, उहाँले मलाई पनि संलग्न गराउनुभयो र मैले प्रत्येक्ष रुपमा पर्यटन क्षेत्रमा पाईला टेकें ।

राजनीति समाजसेवा भित्रैदेखिको जिजिविसा भएको हुनाले फोर सिजन टे«किङ खुलिसकेपछि त्यसको छाता संगठन टानको विभिन्न कामर्यक्रमहरुमा म प्रत्येक्ष रुपमा सहभागि हुन थालें । त्यसपछि साथिभाईहरु पनि चिन्न थालियो । त्यतिबेलै टानले फुटबल प्रतियोगिता आयोजना ग¥यो । व्यवस्थापनमा कमी हुँदा टानलाई २५ लाख ऋण लाग्यो । त्यही बेला चुनावको बर्ष भएकाले संस्था डुबाउनेलाई राख्न हुँदैन भनेर आवाज उठ्यो । छाडिदिए पनि । त्यसपछि जेवि सिंहको नेतृत्वमा चुनावको माहोल बन्यो । २–३ वटा पद (अध्यक्ष, उपाध्यक्ष र सदस्य)मा मात्र चुनाव भयो । त्यतिबेला म सहसचिव निर्विरोध भएँ ।

मैले विधिपुर्वक टानको २ बर्ष काम गरेँ । २५ लाखको ऋण नेपाल एयरलाइन्सले त्यतिबेला बाहिर मार्केटिङ गर्न जानेलाई दिने गरेको १८ वटा टिकट अघोषित रुपमा बिक्रि गर्यौं । टान ल्होसार गरेर फण्ड राईजिङ गरेर पैसा तिर्यौं । त्यस पछि म कोषाध्यक्ष निर्विरोध भएँ । दास्रो कार्यकाल सक्किसकेपछि महासचिवको उममेद्वार थिएँ । पार्टीले त्यता भन्दा पनि काठमाडौंको पार्टी काममा बोलायो । मैले महासचिव नभई आफ्नो व्यवसाय गर्दै पार्टीकाममा लागें ।

त्यतिबेला सरकारले विदेशी राजदुतहरुलाई देश दर्शन गराउने भनेर ठुलो पैसा राखेको रहेछ । नेकपा एमालेको नौ महिने शासनकालमा भीम रावल त्येतिखेर पर्यटन राज्यमन्त्री हुनुहुन्थ्यो । टानमा पर्यटन विभाग नै खडा गरेर उहाँमार्फत खप्तड र रारामा राजदुतहरुलाई लिएर गयौँ । प्रत्यक्ष करिव तीन दशक पर्यटन क्षेत्रमा लागें  र अहिले पनि निरन्तर छु ।

सुरुवामा कस्तो थियो, व्यवसायीहरु कति थिए ?

त्यतिबेला त एकदमै राम्रो थियो । मैले ट्रेकिङ गर्दा ०४८ र ०५० मा दर्ता भएको ट्रेकिङ ११० वटा । होटलहरु पनि कम थिए । त्यो बेला व्यापार चाहीँ मज्जा सँग हुन्थ्यो । हामी सन्तुष्ट थियौँ । अहिले जस्तो अस्वस्थ पनि थिएन । धेरै मान्छे ट्रेकिङ पनि गर्दैनथे ।

त्यतिबेलाको कुरा गर्दा एउटा अचम्मको कुरो यो जेनेरेसनलाई बतायो भने छक्कै पर्न सक्छ । उबेलाको ठुलो कम्युनिकेशन भनेको पोष्ट बक्स थियो । पोष्ट बक्स लिन पाईयो भने ठुलै कुरा जितेको जस्तो हुन्थ्यो । त्यो त कुरा गरी साध्य छैन । त्यो पोष्ट बक्स लिनको लागि अघिल्लो दिनै जान्थ्यौ । बिहान देखिको यता १२ बजे हाल्छ भन्यो हामी ४–५ चोटी जिपिओ गोश्वारा हुलाकमा गएर चाल्चा खोलेर चिठी हाल्यो कि भनेर हेथ्यौँ ।

अनि ट्रेकिङ जाने भनेपछि यति रमाईलो हुन्थ्यो कि कुनै जन्ती गएजस्तो रमाईलो । दुईजना मान्छे भयो भने गाईड, कुक, पोटरहरु लस्कर लागेर हिड्न २ जना मान्छेको पछाडी १०–१२ जना मान्छे हुन्थे ।

अहिले त्यत्तिको चार्म म ट्रेकिङमा देख्दिन । परिवर्तन भयो । मोटरबाटो मात्र होईन जता ततै होटलहरु खुलेका छन् । पहिले ट्रेकिङ गएर आउँदा अलिकति बास आएन भने ट्रेकिङ गको हो कि होईन भन्ने हुन्थ्यो । अहिले त तपाई जहाँ जानुस् हट वाटर, सावर । हुन त समय काल परिस्थितिले यसलाई उन्नत गरेको कुरो हो, त्यसलाई हामीले आत्मसात गर्नुपर्छ ।

अर्को कुरा कोहि ट्रेकिङ व्यवसायीले कुनै दिन टाई लायो भने तपाईहरु अब ट्रावल तिर लाग्न थाल्नु भयो कि के हो भनेर सोध्थे । ट्रेकिङवालाले चाहीँ मोटा मोटा ज्याकेट लाउन पर्ने बढी कपडा लगाउन पर्ने भएकाले टाई सुट चाहीँ लगाउँदैन कि भन्ने थियो ।

ट्रेकिङ पेशा भनेको पर्दा जे पनि गर्नु पर्छ । भारी पनि बोक्नु पर्छ, लगेज पनि बोक्नु पर्छ, खैरेको डोको बोक्दा तल माथि गर्नु पर्दा टाई सुट लगाएर त मिल्दैन ।

अहिले हातमा स्मार्ट फोन, अनलाईनमा बसेर अहिल्यै क्लाईन्टसँग कुरा गर्न सकिन्छ । कति सुविधा छ । हिजो जिरीसम्म एभरेष्टको ट्रेकिङ पठायो भने २८ दिनको ट्रेकिङ हुन्थ्यो । पुरानो बसपार्कबाट जिरीसम्म हालिदिएपछि ऊ आइटनरी अनुसार आज यहाँ पुग्यो, भोली यहाँ पुग्छ, पर्सि उहाँ पुग्छ भनेर दिन गन्ति गर्न बाहेक हामीसँग अरु सूचनाको विकल्प थिएन । ट्रेकिङ गएको मान्छे फर्केर आईसकेपछि बल्ल हाम्रो क्लाईन्ट फर्केर आएछ भन्ने हुन्थ्यो । अहिले त एभरेष्ट बेस क्याम्प मै बसेर कुरा गर्न सकिन्छ । कति त स्याटेलाईटको कारणले गर्दा ल है म त चढेँ भनेर खवर गर्न सक्छन् ।

ट्रेकिङको क्रममा कहाँ कहाँ पुग्नु भयो नेपालको ?

म अन्नपुर्ण बेसक्याम्प, लाङटाङ लगाएत पपुलर सबै ट्रेकिङतिरको अनुभव प्राप्त गरेको छु ।

पहिला र अहिले गाउँमा के फरक छ ?

अन्नपुर्ण एरिया पहिल्यैदेखि नै लाहुर गएर आएका मान्छेहरु बस्ने भएकाले अलिकति सफा थियो । तर अहिले त धेरै नै विकास भयो एभरेष्ट । एभरेष्टको माथिसम्म जाँदा सावर पाइन्छ । यहाँबाट लुक्ला, लुक्लाबाट पोटर लिएर हिँडेर जाँदा, टी हाउस बस्दा नाम्चेमा त जहाँ पनि काठमाण्डौँको फाईभ स्टार, फोर स्टार सरहका होटलहरु छन् । सफा त्यत्तिकै छ ।

अचम्मको कुरा त त्यहाँ बत्ति छ, तारहरु कहिँ पनि देखिन्न । तारहरुले त्यहाँको वातावरणलाई असर गर्छ भनेर त्यहाँका व्यवसायिहरुले अन्डर ग्राउन्ड गरेका छन् । फरक त धेरै नै भईसकेको छ, हिजोको अवस्था र आजको अवस्थामा । पहिला जस्तो ट्रेकिङ लिनलाई गह्रो छ ।

ऊ बेलाका रमाईला अनुभवहरु बताउनुस न ?

ट्रेकिङमा हरेक चोटी जाँदा नयाँ चिज देख्न पाइन्थ्यो । गाउँले परिवेश थियो । सबै मान्छे सोझा सिधा थिए । विदेशिहरु सित जाँदा मैले पनि अनुभव गरेँ । मान्छेहरु डोकोले छोपेको हुन्थ्यो पछाडिपट्टि ढाडमा एउटा लुगा पनि हुँदैनथ्यो । काम गरिराखेको छ, त्यत्रो भारी बोकिराखेको छ, तर पनि अनुहारमा निश्चल हाँसो हुन्छ । मानौं उसलाई केहिपनि अप्ठयारो छैन । संसारको सबभन्दा सुखि मान्छे उही हो भन्ने खालको फिलिङ दिन्थ्यो उसको अनुहारले । तर अहिले फकर परिवेशले, द्वन्दकले हामी एक आपसमा अविश्वासको खाडलले त्यो कमी भएको हो कि भन्ने लाग्छ ।

अहिले पनि कति ठाउँमा त नेपाली संस्कार कायमै छ । अतिथि देवोः भवः भनेर भगवान् सरह मान्ने जुन परम्परा थियो त्यो हराउँदै गएको छ । अहिले ठाउँ ठाउँमा पैसाले व्यवसायिकरण अलि बढी भएको हो कि भन्ने लाग्छ । पहिला त्यस्तो थिएन । सबैले सहयोग गर्ने स्वागत गर्ने आफ्नो तरिकाले कम्तिमा केही नभएपनि हात हल्लाएर भएपनि स्वागत गर्ने चलन थियो । त्यतिबेलाको त्यो नेपालीपन विदेशिले अब कहिल्यै देख्नै सक्दैन ।

सबैचिज पैसामा वा स्वार्थमा लेनदेन हुने ठाउँबाट आएका मान्छे हाम्रो यहाँ बाटोमा हिँड्दा पनि हाँस्ने बोल्ने, अलि उमेर भएको मान्छेलाई दाजु, आमा बुबा भन्ने कुराले उनीहरु धेरै नै प्रभावित हुन्थे । हामीले कुरा गरेको देख्दा ओहो तँ त कति पपुलर रहेछस् । तँलाई त सबैले चिन्छन् भन्थे । तर हामीले चिनेर गफ गरेको होईन । हाम्रो संस्कार, संस्कृति नै आफु भन्दा सिनिएर मान्छेलाई दाजु, बुबा आमा भन्ने हालखबर सोध्ने, धेरै बर्ष अघि देखिको साथिभाई भेटेर गफ गरेको जस्तो देख्दा प्रत्येक विदेशी छक्क पथ्र्यो । त्यो आत्मियता अहिले चाहीँ कता कता अलि खल्बलिएको हो कि जस्तो लाग्छ ।

अहिले धेरै ठाउँमा बाटाहरु गए, कति ठाउँ त अहिलेका ट्रेकिङका पेसामा लागेका मान्छेले चिन्दैनन् । किनकि त्यो गाउँबाट हिड्नै छोडियो । जति भने नि उतिबेलाको जस्तो रमाईलोपन अहिले छैन ।

त्यतिबेला पर्यटनमा लाग्दा भोग्नुपरेका केही यस्तो दुःखहरु ?

पर्यटन त्यतिबेला पनि प्रिपेड व्यवसाय हो । क्लाईन्टसँग पैसा पहिला लिएर सर्भिस दिने पेशा हो । खल्तिमा टन्न पैसा भईसकेपछि जाने हो । गाईडहरुले चाहीँ मज्जाले कम्पनी को साहुजी बनेर खर्च गथ्र्ये । जाने खाने, पिउने पिलाउने मात्रै हैन, अन्तिम दिन त्यस्तै पर्यो १५–२० जना हुँदा खसी नै ढाल्ने र रातभरि नाच्ने गाउने मादल बजाउने हुन्थ्यो । ट्रेकिङ जाँदा मादल बोकेरै गएको हुन्थ्यो । भोलिदेखि ट्रेकिङ सकिन्छ भन्ने भएपछि आज रमाईलो गरौं भनेपछि विदेशिहरु पनि नाच्थे । त्यसकारण आत्मियता थियो ।

पैसा हुन्थ्यो, हिड्नलाई दुःख त मान्न हुदैनथ्यो, पेसा नै यही भएपछि । म भारी बाक्ने पेसा लिग्छु भनेपछि भारी बोक्नलाई दुःख भयो भन्ने होईन । ट्रेकिङमा दुःख भनेको एकछिनमा बिर्सिने खालको हो । कहिले कहीँ अकस्मात मौसम परिवर्तनले दुःख हुन सक्छ । ट्रेकिङमा म कमै गएकाले मैले चाहीँ यस्तो दुस्ख बेहोरेको छैन । साथिहरुले दुःख भयो भनेर कहिले काहीँ भन्ने गर्थे ।

त्यो बेला र यो बेला ठ्याक्कै देखिने गरी भएका परिवर्तन के के जस्तो लाग्छ ?

सञ्चारका सुविधा, ट्रान्सपोर्टका सुविधाहरु, ठाउँमा अब टेन्ट टाँग्नु पर्दैन । त्यतिबेला हामी स्टोभ लिएर जान्थ्यौँ । अहिले सुन्यो भनेदेखि ए त्यस्तो थियो ? भन्ने एकादेशको कथा मात्र बन्छ । अब ट्रेकिङ जाँदा डोको बोकेको देखिँदैन । सबैले ठुला ठुला डबल ब्याकहरु बोकेका हुन्छन् ।

सुरुमा जागिर गरें भन्नु भयो, कुन पदमा बसेर काम गर्नुभयो ?

मैले कलम चलाउन जानेको भएर अफिसको चाहीँ सबै एकाउन्ट, म्यानेजमेन्ट सबै हेर्थेँ । त्यस्तो पद भन्ने खास थिएन ।

यो यो बिचमा के उपलब्धि भए ?

मैले सबैभन्दा ठुलो उपलब्धि आत्म सन्तुष्टि पाएँ । आज म जे छु, जस्ले मलाई चिन्छ, बुझ्छ, त्यो मेरो पर्यटनको बाईप्रोडक्ट हो । ति मैले पर्यटनबाट आर्जन गरेका सम्पत्ति  हुन् ।

पर्यटन क्षेत्रमा लागेर म यस्तो हुन्छु, यसो गर्छु भन्ने केही थियो ?

सिर्फ मलाई पाएको जिम्मेवारी इमान्दारी पुर्वक पुरा गर्नुपर्छ भन्ने मान्यता बोकेर हिँडेँ । यो ठाउँमा पुग्छु यसो गर्छु भन्ने मैले कहिल्यै पनि सोचिन । धेरै साथिभाईले भन्छन् तपाईसँग मनको इच्छा नभएको मान्छे भनेर । मनको ईच्छा त छ, म यहाँँबाट यसो गर्छु, यो मान्छेलाई छड्के हान्छु र घर्लप्प लडाएर म त्यहाँ पुग्छु भन्ने मानसिकता ममा छैन । म त्यो खालकै होईन । म जहाँ छु त्यहीँ सन्तुष्ट छु । कृष्णजी कतिको पैसा कमाउनुभयो भन्छन् । मैले भन्छु अरबपतिले पनि कमाएर लैजाने होईन । त्यसकारण मैले पैसा होईन मलामी कमाउने काम गरेको छु ।

कस्ता कस्ता मान्छेसँग संगत गर्नुभयो ?

नराम्रा मान्छेको कुरा किन गर्नु, धेरै राम्रा मान्छेको संगत गरें र म पनि राम्रो भएँ ।

पर्यटनमा ३० बर्षे लामो दौड र अझै पनि निरन्तर हुनुहुन्छ, परिवारका सदस्य कोही छन् तपाईको पेशामा सघाउने ?

छोरा अंकितले इन्भारमेन्टल साइन्स एण्ड नेचुरल रिसोर्सेजमा डिग्री सिध्यायो । उसले पनि म यहि पेसामा लाग्छु भन्यो । अहिले मैले उसको लागि कम्पनीहरु खडा गरिदिएको छु । मेरा अनुभव मात्र शेयर गर्ने हो काम उ आफैले गर्न सक्छ । एउटा कर्पोरेट हाउस जस्तो ठुलो कम्पनी बनाएर उसको मातहतमा जिम्मा दिएका छौं ।

त्यसमा मेरो पनि शेयर छ । हाम्रो फेमेली भित्रको सबैलाई त्यहाँ राखेर अर्गनाईजेसन चलाउने योजना छ । म पछिको जेनेरेसनमा सबैभन्दा जेठो मेरो छोरा परेकाले उसैलाई हामीले प्रमुख बनाका छौँ । कर्पोरेट हाउसको रुपमा धाम इनिसेटिभ स्थापना गरिएको छ । धाम ट्रावल एण्ड एडभान्चर । ककनिमा धाम रिट्रिट खोल्ने तयारी छ । धाम रिसर्च इस्टिच्यूट, सामाजिक सेवाका लागि इको भिलेज नेटवर्क भनेर एउटा सामाजिक संस्था छ । धाम स्कुल अफ टुरिजम् बनाएर जनशक्ती उत्पादन गर्ने योजना छ । दिर्घकालिन लक्ष्यको रुपमा माईक्रो फाईनान्स सञ्चालन गर्ने योजना छ ।

मैले हिजोको आफ्नो अनुभवहरुलाई शेयर गर्दै प्रसासन, ऐन, नियम, विनियम हेर्छु अरु छोराले गरिराखेको छ । बैशाखदेखि यसको काम शुरु हुन्छ । यसको इनिसियल काम भईरहेको छ ।

भर्खरै नेपाल पर्यटन बोर्डको सदस्य हुनु भयो, कस्तो रह्यो तपाईको सुरुको चरण ?

म निजि क्षेत्रको प्रतिनिधित्व हुँ । निजि क्षेत्र जुन उद्देश्य लिएर टुरिजम् बोर्डमा आएको छ त्यसमा प्रमुख भुमिका हुन्छ । यो कुरा तल माथि हुन दिन्न है भन्ने खालको म्यासेज दिएको छु ।

तपाई जानु भन्दा अगाडी के सोच्नु भको थियो पर्यटन बोर्डमा ?

ट्रान्सपरेन्सी हुनुपर्छ । संसारले मागेको यही हो । यो निजि क्षेत्रको नेतृत्वमा भएको संस्था भएकाले यसलाई अपनत्व गर्ने खालको संस्था बनाउनु पर्छ । स्थापना कालमा टानमा हुँदाखेरी टुरिजम बोर्ड स्थापना गर्नुपर्छ भनेर २/४ ओटा मिटिङमा जाने मैका पाएको नाताले यसको मुख्य उद्देश्य नेपालको पर्यटनको प्रवद्र्धन र बजारिकरण गर्न र आफ्नो गन्तव्यलाई सहि दिशा तर्फ पछ्याउनुपर्छ ।

कस्तो हुनु पर्छ पर्यटन बोर्ड ?

कार्यकारी अधिकार सम्पन्न निकाय हो । यहाँ टिप्पणी नउठोस्, झन्झट नउठोस् प्रशासनिक झन्झटहरु टेबुलका टेबुल सर्दै जाने खालको नहोस्, त्यसले चुस्त दुरुस्त गरोस् भन्ने हो । करिब सेमि व्यवसायिक संस्था जस्तो परिकल्पना गरेर स्थापना गरेको हो ।

म बोर्डमा ३ बर्षको लागि गएको छु । त्यतिन्जेलसम्म त्यो सुरुको जुन लेटर एण्ड स्प्रिड छ त्यसलाई स्टाबलिस गर्ने हो । यस अघि दुई जना मात्र हुनुहुन्थ्यो निजी क्षेत्रका । उहाँहरुले सिइओ ल्याईदिनु भयो । उहाँहरुले ठुलो योगदान पुर्याउनुभको छ टुरिजमको लागि । कत्ति लड्नु भयो होला त्यहाँ कत्ति दबाब आयो होला त्यो त हामीले महसुस मात्र गर्ने कुरो हो । अब हामी दुई जना थपिएका छौँ । पाँच जना निजी क्षेत्रका र सिइओ हुँदा ११ जनाको बोर्डमा ६ जना वहुमत भएको अवस्था छ । अब हामीले जुन उद्देश्यका साथ दर्ता भएको थियो त्यो उद्देश्यमै दैडाउनुपर्छ । यसपालिको बजेट असार भित्र सक्याएर साउनदेखि काम गर्ने भनेर लागेका छौँ । यसपाली निजी क्षेत्रको बहुमत भएको कारणले आफ्नो पनि काम देखाउनुपर्छ । यो त हाम्रो पनि चुनौति हो ।

पार्दर्शिताको कुरा भयो कसरी काम गर्दा पारदर्शी होला ?

अहिले सबै आईटिको जमना हो । बजेट, खर्च, ईभेन्ट, कार्य प्रगति यति सबै वेभमा राखिदिने । अर्को कुरा निजी क्षेत्रलाई समय समयमा सुसूचित गरेर हामी यसो गर्दैछौँ तपाईहरुको राय के छ भनेर सोध्ने, सुझाव माग्ने यसका लागि टान, नाटा, हान, एनएमए, सोट्टो-नेपाल, नारा, होमस्टे  जस्ता छाता संगठनहरुको प्रतिनिधित्व गराएर पारदर्शी ढंगले उनीहरुसँग पनि फिडब्याक लिएर काम गर्यो भने मलाई लाग्छ सबै सन्तुष्ट हुन्छन् ।

२ बैशाख २०७३ / ११:५२:४६  

वि.सं.२०७३ वैशाख २ बिहीवार १२:२६ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...