
काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बिएड प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ । २०७२ साल असोज तथा मङ्सिर-पुसमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहिबार प्रकाशित भएको हो ।
केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाफल प्रकाशित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
उक्त परीक्षाको परीक्षाफल वेवसाइट www.educationsansar.com, www.edusanjal.com, www.tu.net.np, www.educationkhabar.com मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ ।
साथै, मोबाइलमा BED (Space) रोल नं टाइप गरी ४९४९ मा पठाएर पनि लब्धाङ्कसमेत थाहा पाउन सकिनेछ ।
२ बैशाख २०७३, १.००
वि.सं.२०७३ वैशाख २ बिहीवार १३:१२ मा प्रकाशित