काठमाडौं । भाटभटेनीले सर्वसाधरणमा सेयर जारी गर्ने भएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै भाटभटेनी सुपरस्टोरलाई आम नेपालीको सुपरस्टोर बनाउने आकांक्षा अनुरुप यसको सेयर सर्वसाधारणमा विक्री गरी पब्लिक कम्पनीमा जाने बताइएकोछ ।
भाटभटेनीको वार्षिक कारोबार झन्डै ९ अर्ब रुपैयाँ बराबरको रहेको छ । मीनबहादुर गुरुङले टंगालमा सानो प्रोभिजनल स्टोरबाट सुरु गरेको यो स्टोरको १० वटा शाखा संचालनमा छन् । २०५१ सालमा मिनबहादुरले २५ लाख रुपैयाँको लगानीमा भाटभटेनी सुपरमार्केट खोलेका थिए ।
यो सुपरस्टोरमा अहिले झन्डै तीन हजार भन्दा बढीले रोजगारी पाएका छन् । केही दिनभित्रै धरान र चितवनको भरतपुरमा दुई शाखा संचालनमा आउँदै गरेको पनि भाटभटेनीले जनाएकोछ ।
३ बैशाख २०७३, १२.००
वि.सं.२०७३ वैशाख ३ शुक्रवार १३:४९ मा प्रकाशित