
काठमाण्डौं । एमालेकी पूर्व सभासद शान्ता चौधरी कक्षा आठको जिल्लास्तरीय परिक्षामा पहिलो श्रेणीमा पास भएकी हुन् । उत्तीर्ण भएपछि फेसबुकमा खुशी साट्दै उनले ‘धेरैलाई हाँसो लाग्दो हो, तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धी लागेको छ’ लेखेकी छिन् ।
दाङको डाँडागाउँ उच्च माविमा अध्ययनरत छिन् । ‘घर-व्यवाहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ,’ उनले लेखेकी छिन्, ‘फेल हुन्छु भन्ने लागेको थियो, तर पास भइछु । पास मात्रै होइन फस्ट डिभिजन आइछु ।’
आफू पास हुँदा छोराछोरीमा खुशीको सीमा नरहेको पनि उनले उल्लेख गरेकी छिन् । उनका छोरा कक्षा ९ र छोरी कक्षा सातमा काठमाडौंमा पढ्दैछन् ।
३ बैशाख २०७३, १२।००
वि.सं.२०७३ वैशाख ३ शुक्रवार १४:३३ मा प्रकाशित