
काठमाण्डौं । नेपाल सरकारले २५६०औं बुद्ध जयन्तीका अवसरमा बिहारका मुख्य मन्त्री निशित कुमारलाई विशेष अतिथिको रुपमा आमन्त्रण गरेको छ । यस वर्ष लुम्बिनी नेपाल, बुद्धको जन्मभूमि र बुद्धत्वको जग भन्ने नाराका साथ मनाउन लागिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोख्रेलले यस्तो जानकारी दिएका हुन् । सो अवसरमा दुई दिने बौद्धधर्मावलम्बीहरुको भेला पनि आयोजना गरिने भएकोछ ।
३ बैशाख २०७३, १२।००
वि.सं.२०७३ वैशाख ३ शुक्रवार १४:४५ मा प्रकाशित