
काठमाण्डौं । हालसम्म हामीले पेट्रोलबाट चल्ने मोटरसाइकल देख्दै आइरहेका छौँ। तर मट्टितेल र डिजेलको मद्दतले पनि चल्ने मोटरसाइकल MTT Y2K बनाइएको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार यो सुपरबाइक विश्वकै पहिलो टरबाइन पावर्ड बाइक हुनुका साथै धेरै पावरफुल पनि छ।
मट्टितेल र डिजेलबाट चल्ने २५० सिसिको यो मोटरसाइकलमा रोल्स रोयस एलिसन २५० सी २० सिरिजको ग्यास टर्बाइन इन्जिन छ। यसले ४२० हर्सपावर शक्ति उत्सर्जन गर्छ भने यसमा २ स्पीड अटोमेटिक ट्रान्समिसन छ।
२२९ केजीको MTT Y2K बाइकमा ६ लिटरको रिजर्भसहित ३४ लिटर इन्धन क्षमताको ट्यांकी छ। यसको अधिक गति ४०० किमी प्रतिघण्टा छ। यो सुपरबाइक हाल अमेरिकामा उपलब्ध छ जसको मूल्य १ लाख ५० हजार डलर अर्थात् करिब १ करोड ६० लाख रुपैयाँ पर्ने बताइएको छ।
प्रकाशितः एजेन्सी, २०७२ चैत्र ३
वि.सं.२०७३ वैशाख ३ शुक्रवार १५:४१ मा प्रकाशित