
काठमाण्डौं । माछापुच्छ्रे बैंकले २ अर्ब बराबरको बोनस र ३ अर्बको हकप्रद सेयर जारी गर्ने घोषणा गरेकोछ । जनता बैंक सँगको मर्जर प्रक्रिया तोडिएको एकसाता पछि माछापुच्छ्रे बैंकले आफ्नो नयाँ पूँजी योजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
बैंकले आगामी दुई वर्षभित्रमा बोनस र हकप्रद सेयर जारी गरेर आफै चुक्ता पुँजी ८ अर्ब पुर्याउने योजना सार्वजनिक गरेको छ । बैंकले तीन पटकमा करिव २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने भएको छ । उसले पहिलो पटक ५३ करोड ३० लाख रुपैयाँ बराबर, दोस्रोपटक ६५ करोड ६० लाख रुपैयाँ बराबर र तेस्रोपटक पनि ८० करोड रुपैयाँ बराबर बोनश बाड्ने योजना अघि सारेको छ ।
साथै बैंकले दुई चरणमा गरी २ अर्ब ८५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने योजना सार्वजनिक गरेको छ ।
३ बैशाख २०७३, २.००
वि.सं.२०७३ वैशाख ३ शुक्रवार १५:५० मा प्रकाशित