
काठमाण्डौं । पर्यटनमैत्री फुटबल प्रतियोगिता २०७३ को आजको खेल सम्पन्न भएकोछ । क्यानोईङ्ग एशोसियसन र टानबिच भएको खेलमा टानलाई ७–० ले हराउदैँ क्यानोईङ्ग एशोसियसनले जित हासिल गरेको छ ।
टुरिजम एक्सप्रेस पत्रिकाले आयोजना गरेको यस फुटबल प्रतियोगितामा पर्यटन क्षेत्रसँग सम्बन्धित १६ समूहको सहभागीता रहेको छ । शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटन गृहमन्त्री शक्ति बस्नेतले गरेका थिए । प्रतियोगिताको अन्तिम खेल भोलि हुनेछ ।
३ बैशाख २०७३, ३.००
वि.सं.२०७३ वैशाख ३ शुक्रवार १६:५२ मा प्रकाशित