back

२ अर्बको निर्माण सामग्री नवलपरासीमा थन्कियो

काठमाण्डौं । निर्माण ब्यवसायीहरुले विभिन्न निर्माण कार्यकालागि निर्माण सामग्रीको अभाव भएको बताईरहंदा क्रसर उद्योगहरुले भने नवलपरासी जिल्लामा मात्रै रू.२ अर्ब भन्दा बढिको निर्माण सामग्री मौज्दात रहेको बताएका छन् । देश भरिको मौज्दात रहेको निर्माण सामग्रीको परिमाण एक खर्ब भन्दा बढि रहेको व्यायसायीहरुको भनाई छ । मौज्दात निर्माण सामग्री सरकारले भारत निकासी गर्न दिनु पर्ने माग पनि गरेका छन् ।

२ बर्ष देखि सरकारले यस्ता सामग्री निर्यातमा रोक लगाएका कारण जिल्लामा मात्रै रू. २ अर्बको  निर्माण सामग्री मौज्दात रहेको क्रसर उद्योग ब्यवसायी सङ्घ नवलपरासीका अध्यक्ष चन्द्रमणी अधिकारीले बताए । २ बर्षको अवधिमा सो परिमाणको सामग्री मौज्दात रहेकोले सरकारले तत्काल निकासीको वातावरण बनाउनु पर्नेमा उनको जोड थियो । अन्यथा क्रसर घाटामा जाने निश्चित रहेको उनले बताए ।

जिल्लामा ३ लाख घनमिटर गिटी स्टक रहेको र उक्त सामग्रीको नेपालमा बजार नभएकाले आफूहरुको गिटी प्रयोग बिहीन बनेको ब्यवसायीको भनाई छ । भारतमा गिटी बेच्दा नेपालमा गिटी बालुवाको मूल्य बढ्छ भन्ने हल्लाकै कारण भारत गिटी निकासि नभएको भन्दै निकासि भए अझै नेपाली उपभोक्ताले सस्तोमा सामान पाउन सक्ने अधिकारीको दाबी छ ।

ब्यवसायीले सरकारसँग बिदेश निकासी वा स्वदेशमा नै पूर्ण उपभोग गर्न आग्रह गरेको क्रसर उद्योग महासङ्घका केन्द्रीय सदस्य सञ्जयगोबिन्द श्रेष्ठले बताए ।

प्रकाशितः २०७३ वैशाख ४

वि.सं.२०७३ वैशाख ४ शनिवार १३:३४ मा प्रकाशित

You can share this post!

ADBL
नेपालमा लगानी बढाउन भारतका उद्योगी–व्यवसायीलाई आग्रह

नेपालमा लगानी बढाउन भारतका उद्योगी–व्यवसायीलाई आग्रह

वि.सं.२०८० जेठ १९ शुक्रवार १७:५६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी बढाउन भारतीय...

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज   

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज   

वि.सं.२०८० जेठ १९ शुक्रवार १३:५३

 अञ्जली थापा हेटौँडा, १९ जेठ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा...

पाँचखाल औद्योगिक ग्राम : ‘महिला उद्योग ग्राम’मा रुपान्तरण   

पाँचखाल औद्योगिक ग्राम : ‘महिला उद्योग ग्राम’मा रुपान्तरण   

वि.सं.२०८० जेठ १७ बुधवार ०९:५०

काभ्रे, १७ जेठ । काभ्रेपलाञ्चोकको कृषि नगर पाँचखाल नगरमा निर्माण...

मेडपा कटौती नगर्न माग गर्दै देशैभरका सहजकर्ता माइतिघरमा

मेडपा कटौती नगर्न माग गर्दै देशैभरका सहजकर्ता माइतिघरमा

वि.सं.२०८० जेठ १३ शनिवार १४:२२

काठमाडौं । सरकारको ससर्त अनुदानमा सञ्चालित लघु उद्यम विकास (मेडपा)...

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा   

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा   

वि.सं.२०८० जेठ ११ बिहीवार १५:४९

बुटवल, ११ जेठ । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग...

रुग्ण गोरखकाली रबर उद्योग ब्यूँताउने, के छ सरकारको तयारी ?  

रुग्ण गोरखकाली रबर उद्योग ब्यूँताउने, के छ सरकारको तयारी ?  

वि.सं.२०८० जेठ ११ बिहीवार १५:२०

रामबहादुर थापा गण्डकी, ११ जेठ । रुग्ण गोरखकाली रबर उद्योगलाई...