
काठमाण्डौं । होण्डा मोटरसाइकल तथा गाडीका नेपालका लागि एक मात्र आधिकारीक विक्रेता तथा ज्योति ग्रुप अन्तर्गतको नेपालकै एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डा सिबि हर्नेट १६०आर मोटरसाईकल नेपाली बजारमा ल्याएको छ ।
कुरिन्टारको रोयल बिच क्याम्पमा उक्त मोटरसाईकल सार्वजनिक गरिएको थियो । पाँच वटा रंगहरुमा पाइने यस मोटरसाइकलको मूल्य २ लाख ६० हजार ९ सय तोकिएको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिका सौरभ ज्योतिले यो मोटसाइकल गाउँदेखि सहर सबै स्थानका लागि उपयुक्त भएको बताउँदै पूर्वदेखि पश्चिम महाकाली टुरका लागि पनि यो मोटरसाइकल उपयुक्त हुने जानकराी दिए ।
५ बैशाख २०७३, ११.००
वि.सं.२०७३ वैशाख ५ आइतवार १२:२५ मा प्रकाशित