
काठमाण्डौं । गाविस सचिवहरुले आफ्नो तलवको अधिकतम् ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएपछि गाविस सचिवहरुको तलब ३५ देखि ४५ हजारसम्म हुने भएकोछ । यसका लागि गाविस सचिवहरुले अनिवार्य रुपमा गाउँ फर्किएर काम गर्नुपर्नेछ भने सरकारको अन्य शर्त पनि पूरा गर्नुपर्ने छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्लाका सबै गाविस सचिवलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने भन्ने प्रस्तावलाई अर्थ मन्त्रालयले पनि स्वीकृति दिएको हो । यो निर्णय नेपालमा अहिले रहेका ३१ सय ५७ वटै गाविसका सचिवका हकमा लागू हुनेछ । त्यस्तै, भूकम्प अतिप्रभावित १४ जिल्लाका गाविस सचिवले बिदाको दिनमा २ सय ५० र अन्य दिनमा ५ सय रुपैयाँ खाजा भत्ता पाउने भएका छन् ।
५ बैशाख २०७३, ११.००
वि.सं.२०७३ वैशाख ५ आइतवार १३:१२ मा प्रकाशित