back

नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनको ५ नम्बर प्रदेशमा सागर अधिकारी

भैरहवा । नेपाल राष्ट्रिय पर्यटन ब्यबसायी संगठनको भैरहवामा सम्पन्न प्रदेश स्तरीय भेलाले पर्यटन व्यवसायी कृष्ण सागर अधिकारीको अध्यक्षतामा ५ नम्बर प्रदेश कमिटी गठन गरेको छ ।

आइतबार भएको भेलाले उपाध्यक्षमा माधब नेपाल –बुटवल), सचिव प्रदीप आचार्य (लुम्बिनी), सहसचिव इश्वरी जिएम (रोल्पा), कोषाध्यक्षमा कृष्ण प्रसाद शर्मा वाग्ले –बर्दिया) चयन भएका छन् । सो कमिटीको सदस्यहरुमा सुमन गोपाल आचार्य (नवलपरासी), मनमोहन श्रेष्ठ –पाल्पा) निलकण्ठ गौतम –गुल्मी) दलबहादुर भट्टाराई (अर्घाखाची), ढुण्डीराज अधिकारी –कपिलवस्तु), जितबहादुर के.सी –दांग), विजयसिंह भारती –प्युठान) , मित्रबहादुर थापा मगर (प्युठान रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गोपाल के.सी (रुकुम) , जनार्दन पाण्डे –बांके), महादेव पोखरेल –कपिलवस्तु), थानेश्वर पौडेल –भैरहवा), कृष्णराज चौधरी –बर्दिया), एमबहादुर खड्का –अर्घाखाची), लक्ष्मण लम्साल –दांग) र भुवन पाण्डे अर्घाखाची रहेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष सि एन पाण्डेले जनाएका छन् ।

नेकपा एमाले केन्द्रिय सदस्य एवं पर्यटन विभाग प्रमुख सुर्य थापाको प्रमुख आतिथ्यतामा सम्पन्न बन्द सत्रमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालको बिशेष उपस्थिति थियो । बन्दसत्रमा पर्यटनवीद प्रा.डा. गितु गिरीले ५ नम्बर प्रदेशको पर्यटकीय सम्भावनाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यक्रमको उद्घाटन सत्रमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले पर्यटन, जलस्रोत र कृषिमा लगानीको कुनै कमी नहुने बताएका छन् । मन्त्री पौडेलले भैरहवामा आयोजित नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठन प्रदेश नं. ५ को पर्यटन ब्यवसायीको भेलालाई सम्बोधन गर्दै भने ‘कृषि, पर्यटन र जलस्रोतको बिकासमा सरकारले लगानी कमी हुन दिन्न बरु तपाईहरु योजनाबद्ध विकासमा लाग्नुस् ।‘

मन्त्री पौडेलले संबिधानले जसरी स्वाधिन, आत्मनिर्भर र उत्पादनमुलक समाज निर्माण गर्ने उदेश्य बोकेको छ त्यसरी नै सरकारले तीे उद्देश्य पुरा गर्ने तरीकाले आर्थिक वर्षको नीति तथा कार्यक्रम र पनि ल्याउने जिकिर गरे ।

उनले मधेश, पहाड, हिमालका जनताको समृद्धिका लागि सरकारले बिशेष कार्यक्रम ल्याउने जानकारी गराउदैं त्यसको आधार पर्यटन कृर्षी र जलस्रोत भएकोले सोही अनुसार लगानी गर्न लागीएको पनि बताए ।

उनले लुम्विनी क्षेत्रमा अन्तर्राष्टिय बिमानस्थल लगायत लुम्विनीको तिब्रतर बिकास संगै लुम्विनी क्षेत्रमा अन्तराष्टिय लगानीकर्ताको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको बताउदैें ५ नं. प्रदेशको पर्यटन प्रवद्धनमा स्वदेशी लगानीकर्ताहरुको पनि चासो बढाउन अग्रह गरे ।
मन्त्री पौडेलले लुम्बिनीको वृहत्तर योजना मार्फत लुम्बिनीसंग ५ नम्बर प्रदेशका धार्मिक तथा अन्य पर्यटनलाई जोडेर विकास गर्नुपर्नेमा पनि जोड दिए ।

सोही अवसरमा उद्योग मन्त्री सोमप्रसाद पाण्डेले धार्मिक र एडभेन्चर पर्यटनलाई व्यवस्थीत गर्दै अगाडी बढेमा मुलुकले काँचुली फेर्ने बताए ।

मन्त्री पाण्डेले लुम्विनी, रेसुङगा, स्वार्गद्धारी, गौमुखी रिडि लगायतका क्षेत्रमा धार्मीक पर्यटनको बिकास र नेपालका हिमाल, प्याराग्लाइडिङ, बन्जिजम्प, साइकिलिङ, ट्रेकिङ, रेफ्टिङ जस्ता एडभान्चर पर्यटनको ब्यवस्थापन गर्न सके देसमा पर्यटनको माध्यमबाट समृद्धिको ढोका खुल्ने बताए ।

सरसफाई तथा खानेपानी राज्य मन्त्री दिनेशचन्द्र यादवले पर्यटन प्रबद्र्धनमा स्वास्थय खानेपानी र सरसफाईले भूमिका महत्वपुर्ण खेल्ने हुदां सोही अनुसारको व्यवस्थापनमा सरकारले पर्यटन व्यवसायीलाई आवश्यक सहयोग गर्ने जनाए ।

संगठनका उपाध्यक्ष तथा पर्यटन ब्यवसायी सि. एन. पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख सुर्य थापा, नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका केन्द्रीय अध्यक्ष चन्द्र रिजाल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्विनी इन्चार्ज बैजनाथ चौधरी, नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य खेममान खड्का, सोटो नेपालका अध्यक्ष यमबहादुर खड्का, साटाका अध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य कृष्णसागर अधिकारी लगायतले बोलेका थिए ।

५ बैशाख २०७३

वि.सं.२०७३ वैशाख ५ आइतवार २२:०२ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...